site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ, १८ साउन । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि प्रारम्भ गरेको छ ।

समितिले पाकिस्तान, ब्राजिल र संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत तथा संयुक्तराष्ट्र सङ्घीय कार्यालय, भियनामा खटिएर जाने स्थायी प्रतिनिधिको आज सुनुवाइ गरिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

परराष्ट्र सेवामा रहेका सहसचिव सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाश सुवेदी र डा दुर्गाबहादुर सुवेदीको आज सुनुवाइ भइरहेको छ । समितिले प्रस्तावित राजदूतमध्ये सेवा लम्साल अधिकारीबाट सुनुवाइ प्रारम्भ गरेको हो ।

त्यसअघि बैठकको प्रारम्भमा उजुरीकर्तालाई बोलाएर जानकारी लिइएको थियो । प्रस्तावित राजदूतमाथि विभिन्न विषयसँग जोडेर नौवटा उजुरी परेका छन् ।

Global Ime bank

सरकारले परराष्ट्र सेवाका आठ र राजनीतिक पृष्ठभूमि भएका परराष्ट्र सेवा बाहिरका १४ गरी २२ जनाको नाम राजदूतको लागि प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले लामो समयदेखि खाली रहेका राजदूत पदमा नियुक्तिका लागि विभिन्न व्यक्तिको नाम छनोट गरी संसदीय सुनुवाइका लागि पठाइएको हो ।

संसदीय सुनुवाइ समिति गठनमा भएको ढिलाइ तथा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले सुनुवाइको काम ओझेलमा परेको थियो । राजदूत सरकारका प्रतिनिधिका रुपमा रहने भएकाले सरकारले आफू अनुकूलका व्यक्तिलाई राजदूतको रुपमा पठाउने चलन रहिआएको छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC