site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चार दिने औपचारिक भ्रमणका आएका गणप्रजातन्त्री बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत राजनीतिक नेतृत्वसँग भेटवार्तामा दुई देशबीचको सहयोगका सम्भावनाहरूको चर्चा गरेका छन् । दक्षिण एसिया क्षेत्रको विकासका लागि उनले नेपाल र बंगलादेशबीच सम्पर्क सञ्जाल विस्तार गर्नु आवश्यक ठहर गरेका छन् । राष्ट्रपति हमिदको नेपाल भ्रमण मूलतः भेटघाट र दृश्यावलोकनमा केन्द्रित रहेको छ । दृश्यावलोकनका लागि उनी नेपालको पर्यटकीय नगरी पोखरा पनि पुगे । नेपाल भ्रमणमा आउने विशिष्ट पाहुनाहरूको कार्यक्रम प्रायः यस्तै रहने गरेको छ । राष्ट्रपति हमिद कार्यकारी हैनन् । यसैले उनको भ्रमण पनि सद्भावपूर्ण औपचारिकता केन्द्रित हुनु स्वाभाविकै हो ।    

नेपाल र बंगलादेशले दुवैका बीचमा भारत छ । छिमेकीहरूलाई हेप्ने भारतीय प्रवृत्तिमा सुधारको संकेत देखिएको छैन । यसैले चाहेर पनि यी दुई देशबीच सम्भावना भए जति सहयोग आदानप्रदान हुन कठिन छ । भूपरिवेष्ठित नेपाललाई बंगलादेशले आफ्नो बन्दरगाह प्रयोग गर्न दिने धेरै पहिले नै सहमति दिएको थियो । नेपाल र बंगलादेशलाई जोड्ने सबैभन्दा छोटो स्थलमार्ग पनि भारतले नै प्रयोग गर्न दिनुपर्ने हुन्छ । यसैले नेपाल र बंगलादेश दुवैले भारतलाई एकै स्वरमा बंगलादेशको बन्दरगाहसम्म पुग्न नेपाललाई सुविधा दिन माग गरेका सम्भवतः भारतले पनि मान्नुपर्ने हुन्छ । सोझो र छोटो फूलबारी — बंगलाबन्दको बाटो राम्ररी सञ्चालन हुनसके कम्तीमा पनि नेपाल र बंगलादेशबीचको सम्पर्क र सञ्चारमा ठूलो परिवर्तन हुनसक्छ । दुई देशको मात्र हैन भारतकै पनि बाटामा पर्ने क्षेत्रको विकासमा त्यसबाट सहयोग पुग्न सक्छ ।

आपसी सहयोगका लागि दुवै देश यथार्थमै इच्छुक छन् भने भारतलाई यो बाटो दिन राजी गराउन सक्नुपर्छ । बाटो दिन राजी भएपछि भारतले बिजुलीका लागि पनि ढोका खोल्न सक्छ । भारतले तगारो नलगाउने हो भने नेपाल र बंगलादेशले एक अर्काको देशको विकासमा धेरै क्षेत्रमा सहकार्य गर्न सक्छन् । विशेषगरी नेपालको प्राकृतिक स्रोतसाधनलाई दुवै देशको विकासमा प्रयोग गर्न सकिन्छ । यसका लागि दुवै देशको राजनीतिक नेतृत्वमा इच्छाशक्ति तथा भारतको सदाशय भने आवश्यक हुन्छ । भारतले नेपाल र बंगलादेश जोड्ने फूलबारीको बाटो खोल्ने सहमति गरे पनि सुरक्षाको चिन्ता प्रकट गर्दैआएको छ । भारतमा आतंककारी क्रियाकलापमा संलग्न कट्टरपन्थी समूहका सदस्य बेलाबखत नेपाल र बंगलादेशमा फेला पनि पर्ने गरेकाछन् । यसैले दुवै देशले भारतलाई आफ्नो भूमि भारतविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाउनु पनि पर्ने देखिन्छ । 
नेपाल र बंगलादेशको दुई पक्षीय सम्बन्धलाई थप हार्दिक बनाउन सफल राष्ट्रपति हमिदको नेपाल भ्रमण सुखद र स्मरणीय हुन सकोस् !  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC