site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नारायणीमा ‘मिनी पानीजहाज’ सरर ... (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । इलामका राम भट्टराईको दैनिकी अहिले फेरिएको छ । उनी लामो समयसम्म गैरसरकारी संस्थामा काम गरे । गैर सरकारी संस्थामा काम गर्दादेखि नै उनलाई नयाँ काम कसरी गर्ने भन्ने हुटहुटी चलिरहन्थ्यो । केही साथीभाइसँग सल्लाह पनि गरे । नयाँ कामका विषयमा छलफल भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पानीजहाज र रेलको कुरा तीव्रताका साथ अघि सारे ।

त्यसबेला नै पानीजहाज नेपालमा सञ्चालन गर्न सकिन्छ कि सकिँदैन अर्थात् नेपालबाट गोवा र मलेसिया पुग्ने पर्यटकलाई नेपालमै राख्न सकिने पानी सम्बन्धी अन्य कस्ता काम होलान् ? यिनै विषयमा छलफल चल्दाचल्दै कोशीमा पानी जहाज सञ्चालन गर्ने तयारी पनि अघि सारे । “हामीले छलफल गर्दागर्दै कोशीमा चल्ने पानीजहाज कहाँ बनाउने, कसरी ल्याउने भन्ने विषयमा अध्ययन गर्न चीन पनि पुग्यौं,” नारायणीको किनारमा उभिएर भट्टराईले बाह्रखरीसँग भने ।

भट्टराईसहित ९ जना युवाले अहिले कोशी र नारायणीमा गरेर आधा दर्जन ‘मिनी पानीजहाज’ सञ्चालनमा ल्याएका छन् । “हामीले भारतबाट मानिस र सामान ल्याउन सक्नेगरी काम थालेका छौं, तर कतिपय झञ्झटिलो व्यवस्थाले गर्दा सकिएको छैन,” उनी भन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“थुप्रै कानुनी अड्चन देखिएका छन् । यहाँ राष्ट्रिय निकुञ्ज क्षेत्रमा नारायणीमा पानी जहाज सञ्चालन गर्न पाइँदैन । नारायणीको दुईतिर दुईवटा प्रदेशको क्षेत्र पर्छ । स्थानीय तहसम्म पुग्दा कति कानुनी अड्चनहरु देखा परेका छन् । सरकारले यो विषयमा सहज बनाइदिने हो भने हामीले त्रिवेणीबाट नारायणगण र उता दोलालघाटसम्म पानी जहाज सञ्चालन गर्न सक्छौं,” भट्टराईले भने ।

उनले आफूहरुको काम सरकारले अघि सारेको समृद्धिको योजनामा सहयोग गर्नु पनि रहेको बताए ।

Global Ime bank

“नेपालबाट कति पर्यटक गोवा र मलेसिया जल यात्राकै लागि भनेर पुगेको हामीले देखेका छौं,” उनले भने, “उहाँहरुलाई हामीले नेपालमै पनि रोक्न सक्छौं । त्यतिमात्रै नभएर भारतबाट ठूलो संख्याका पर्यटक यसमार्फत् तान्न सकिन्छ ।”

उनका अनुसार अहिलेसम्म कोशी र नारायणी नदीमा ‘रंगमहल रिभरल्याण्ड प्रालि’को नाममा रहेका पानीजहाज सञ्चालनमा छन् । अहिलेसम्म तीन करोडको हाराहारीमा लगानी भइसकेको बताउँदै उनले भने, “हामी अझै लगानी बढाउन तयार छौं । तर राज्यले पनि हाम्रा समस्याहरुको समाधान तत्कालै गरिदिनुप¥यो ।”
उनले प्राविधिकको पनि नेपालमा समस्या रहेको बताए । 

‘मिनी पानी जहाज’ का चालक कृष्ण लामिछानेले अहिले नेपालमा सञ्चालनमा ल्याउँदा पानीको सतह र गहिराइमा समस्या रहेको बताए । उनले कतिपय स्थानमा ढुंगा र बगरको समस्या रहेको बताए । “मैले पहिले कुवेतमा यस्तै जहाज चलाउथेँ । उता समुद्रको पानीमा कुनै समस्या हुँदैन तर यहाँ स्पिड पनि छ र ढुंगामा ठोकिने हो कि भन्ने समस्या छ,” लामिछानेले भने ।

सञ्चालक भट्टराईका अनुसार अहिले नारायणीमा आन्तरिक पर्यटकको पहिलो रोजाइ नै यही बनेको छ । “यहाँ आउने जो कोहीले पनि मिनी पानीजहाज चढ्ने इच्छा व्यक्त गर्छन्,” उनले भने ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC