site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कामना सेवा बैंकको केन्द्रीय कार्यालय भवन उदघाटन 
Ghorahi CementGhorahi Cement

काठमाडौं । कामना सेवा विकास बैंकको काठमाडौंको ज्ञानेश्वरमा नवनिर्मित केन्द्रीय कार्यालय भवनको बुधबार एक कार्यक्रमबीच अर्थमन्त्री युवराज खतिवडाले उदघाटन गरेका छन् । 

स्थापनाको १३औं वार्षिकोत्सवका अवसरमा कामनाको मुख्यालय भवन उदघाटन गरिएको हो । त्यस क्रममा अर्थमन्त्री खतिवडाले ‘सफ्ट ओपनिङ’ मार्फत कामनाका बैंकिङ कारोबार सञ्चालन भइरहेका ५० शाखा कार्यालय भवनको समेते विद्युतीय माध्यमद्वारा एकैसाथ औपचारिक रुपमा उद्घाटन गरे । 

Agni Group

कार्यक्रममा बैंकका कार्यकारी अध्यक्ष सुदीप आचार्यले सुरुआती चरणमा ४०  मात्र शाखा कार्यालय रहेको बैंकले  दुई वर्षको अवधिमा केन्द्रीय  कार्यालय स्थानान्तरणका साथै ६३ वटा नयाँ शाखा कार्यालय थप गरिएको जानकारी दिए । 

आचार्यका अनुसार हाल कामनाले कूल १ सय ३ वटा शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको जानकारी दिए । तत्कालीन कामना विकास बैंक र सेवा विकास बैंकबीच मर्जर भएर २०७४ साउन २० गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो । 

Global Ime bank

बैंकका संस्थापक सदस्य कृष्ण आचार्यले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भन्दै त्यसमा बैंक तथा बित्तीय संस्थाहरुको पनि महत्वपूर्ण भूमिका हुने स्पष्ट गरे । कामना सेवाले मुलुककै अर्थतन्त्रमा योगदान दिने गरी काम गरिरहेको उनले बताए । आगामी दिनमा बैंकले आफ्नो गतिलाई बढाउने समेत प्रतिबद्धता जनाए । सरकार र राष्ट्र बैंकको नीतिलाई केन्द्रमा राखेर बैंकले काम गरिरहेको उनको भनाइ थियो । 

वार्षिकोत्सवका अवसरमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंसहित विभिन्न स्थानमा रक्तदान, फुटबल प्रतियोगिता, असक्त तथा वृद्धवृद्धाको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया, सरसफाई जस्ता कार्यक्रम आयोजना गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC