site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पिपरा गाउँपालिकामा सीके राउतको पार्टीले पनि दियो उमेदवारी
Ghorahi CementGhorahi Cement

काठमाडौं । गत फागुन २४ गतेबाट विखण्डनको बाटो परित्याग गरी मूलधारको राजनीति समातेका डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि उपनिर्वाचनमा भाग लिएको छ । राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको पिपरा गाउँपालिको अध्यक्षमा उमेदवारी दिएको हो ।

जनमत पार्टीले मङ्सिर १४ गतेको उपनिर्वाचनका लागि पिपरा गाउँपालिकाको अध्यक्षमाअञ्जलीदेवी मण्डलले उमेदवारी दिएकी छन् । सीके राउतले सामाजिक सञ्जाल फेसबुकमा उनको उमेदवारीको आधिकारिक जानकारी दिँदै चुनाव चिह्नसमेत सार्वजनिक गरेका छन् ।

Agni Group

मण्डललाई लाउडस्पिकर (हर्न) चुनाव चिह्नमा मतदान गर्न राउतले आग्रह गरेका हुन् ।

यसअघि मधेस केन्द्रित राजनीतिक गरिरहेका दलप्रति तीव्र विमति राख्दै आलोचना गर्दै आएको जनमत पार्टीले सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा पनि उमेदवारी दर्ता गराएको छ । त्यहाँ दिनेश राय यादव चुनावी मैदानमा उत्रने भएका छन् ।

Global Ime bank

गत फागुन २४ गते ११ बुँदे सहमति गरेर विखण्डनको बाटो परित्याग गर्दै राउत मूलधारको राजनीतिमा अवतरित भएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC