site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जसले आफ्नै पतिलाई दाइ भन्दै अरुसँग बिहे गराइन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । अघोरी बाबा भनिने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध प्रहरीले ठगी अपराधमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । सोमबार पक्राउ परेकी शारदामाथि झुक्याएर विवाह गराएको आरोप छ । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार शारदामाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

किन पक्राउ परिन् शारदा ?

शारदा एक वर्षअघि अमेरिकाबाट नेपाल आइन् । अमेरिकामा उनका पति थिए, गोविन्द अधिकारी । प्रहरीका अनुसार शारदा र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने सहमति भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, शारदाले आफ्ना पतिको लागि युवती खोजिदिने सहमति गरिन् । काठमाडौं आएपछि शारदाले एक राष्ट्रिय पत्रिकामा अमेरिकामा बस्ने एक पुरुषलाई ‘डिभोर्सी’ महिला विवाहका लागि चाहिएको भन्दै विज्ञापन प्रकाशित गरिन् ।

विज्ञापनमा शारदाकै मोबाइल नम्बर थियो । शारदाको नम्बरमा काठमाडौंका एकजनाले फोन गरे । उनले चितवनमा बस्ने आफ्नी भतिजी विज्ञापनमा खोजेजस्तो महिला भएको र विवाह गर्ने बताए ।

Global Ime bank

शारदा र चितवनकी महिलाका आफन्तका बीचमा कुराकानी भएपछि उनले अमेरिकमा रहेका पति गोविन्द अधिकारीलाई नेपाल बोलाइन् । गोविन्द नेपाल आए । शारदाले उनलाई आफ्नो दाइ भनेर चिनाइन् युवतीसँग । 

अमेरिका जाने लोभमा ती महिला र गोविन्दको विवाह भयो । केही समय गोविन्द ती महिलासँग बसे । तर नेपालमा रहँदा विवाह दर्ता लगायतका कानुनी प्रक्रिया पूरा गरेनन् । केही समयपछि नयाँ श्रीमतीलाई यहीँ छाडेर गोविन्द अमेरिका गए । उनलाई केही समयपछि अमेरिका बोलाउने आश्वासन दिए । 

शारदा पनि अमेरिका गइन् । विवाह भइसकेपछि नेपालमा रहेकी ती महिलाले केही समयपछि गोविन्दको नम्बरमा फोन गरिन् । तर, फोन गोविन्दले नभएर शारदा पाण्डेले उठाइन् । त्यसपछि ती महिला सशंकित बनिन् किनकी शारदाले गोविन्दलाई आफ्नो दाइ भनेर चिनाएकी थिइन् । 

डिएसपी सिंह भन्छन्, ‘‘शारदाले फोनमा ती महिलालाई चितवनमा रहेको जमिन बेचेर ७० लाख पठाएपछि विवाह दर्ता र अमेरिका ल्याउने प्रक्रिया सुरु गर्ने भनेकी रहिछन् । ती महिलाले आफ्नै श्रीमानले अमेरिका बोलाउन ७० लाख किन मागे भनेर खोजी गर्दै जाँदा शारदा र गोविन्द पति–पत्नी भएको जानकारी पाइन् ।’’ 

यसक्रममा शारदाले पनि आफू गोविन्दकी श्रीमती भएको बताइसकेको प्रहरी बताउँछ । उनीहरु दुवै मिलेर रकम लुट्ने योजनाअनुसार नै विवाहको नाटक गरेको प्रहरीको दाबी छ । अनुसन्धानका क्रममा शारदाले अघोरी बाबासँग तेस्रो विवाह गरेको खुलेको छ । गोविन्दसँग विवाह गर्नुअघि समेत शारदाले विवाह गरेर सम्बन्ध विच्छेद गरिसकेकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC