site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपाले पिपरा गाउँपालिकामा विक्रम चौधरीलाई उमेदवार बनाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा विक्रम चौधरीलाई उठाउने निर्णय गरेको छ । कात्तिक २५ गते बसेको पार्टी प्रदेश कमिटीको बैठकले मङ्सिर १४ गतेको उपनिर्वाचनमा चौधरीलाई उठाउने निधो गरेको हो ।

बैठकले प्रदेश २ मा व्याप्त भ्रष्टाचार, अनियमितताविरुद्ध ‘प्रदेश नम्बर २ सरकारको भ्रष्टाचारविरुद्ध हुलाकी अभियान’ सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश नम्बर २ मा भ्रष्टाचार बढेको, समाजवादी र राष्ट्रिय जनता पार्टी, नेपालको गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएको, विकास आयोजना, प्रदेश सरकारको अभियानमा समेत भ्रष्टाचार बढेको भन्दै ‘भण्डाफोर’ अभियान चलाउने निष्कर्षमा पुगेको छ ।

बैठकले रोतहट जिल्ला कमिटीको नामावलीमा आवश्यक संशोधन गरेको जनाएको छ ।

Global Ime bank

जिल्ला कमिटीमा सिनियर र यसअघि जिम्मेवारीमा रहेकाहरू समावेश नगरिएको भन्दै असन्तुष्टि बढेको थियो र प्रदेश कमिटीले शपथ गराउनसमेत सकेको थिएन ।

नेकपा प्रदेश नम्बर २ कमिटीले आगामी मङ्सिर १० गते अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । अन्तरक्रियामा प्रदेश नम्बर २ को विकास, समृद्धिमा राष्ट्रिय गौरबका आयोजनाको महत्त्व स्थापित गर्ने कुरा प्रमुख हुने अध्यक्ष प्रभु साहले जानकारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC