site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टुबोर्ग ओपन सेसन २ मा महेश र त्रिशलाको ‘नाच फिरिरि’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । टुबोर्ग ओपन सेसन २ को लागि महेश काफ्ले तथा त्रिशला गुरुङ्गले आफ्नो प्रख्यात गीत नाच फिरिरि प्रस्तुत गरेका छन् । छोटो समयमा नै अत्याधिक चर्चित हुनपुगेको सो गीतमा रोहित शाक्यले टुबोर्ग ओपन सेसन २ को लागि थप संगीत भरेका छन् ।

महेश तथा त्रिशलाद्वारा गाईएको सो गीतमा लोक र आधुनिक दुवै संगीतको सुमधुर समिश्रण पाईन्छ । सांगितिक परिवारबाट आएका महेश काफ्ले आफैंले उक्त गीतको रचना गरेका हुन् भने गायन क्षेत्रमै आफू अत्यन्तै सन्तुष्ट रहेको कुरा पनि उनले व्यक्त गरेका छन्  । उनले ६ महिनासम्म नाच फिरिरिमा गोप्य रुपमै काम गरेका थिए भने गीत सार्वजनिक भएको छोटो अवधिमै दर्शक श्रोताहरुले उक्त गीतलाई अत्यधिक रुचाएका थिए । प्रारम्भिक चरणमा इन्स्टाग्रामबाट आफ्ना कभर भिडियोहरु अपलोड गर्दै आएकी त्रिशला गुुरुङले कम समयमा नै धेरै ख्याती प्राप्त गरिन् । महेश र त्रिशला दुवैजनाले संगीत क्षेत्रमा आफ्नो योगदान वापत धेरै पुरस्कारहरु पनि प्राप्त गरेका छन् ।

२०१८ मा आरबिट्ररीद्वारा टुबोर्ग ओपन सेसन एक युट्युब च्यानल शुरु गरिएको थियो जसमा ५१ वटा गीतहरुको श्रृंखला संकलित थिए भने  १ करोड भन्दा धैैरै भ्यूज प्राप्त भएको थियो । टुबोर्ग ओपन १ को अपार सफलता पछि थप नयाँ संगीतकार, गायकगायिकाहरुका साथ अझ परिष्कृत रुपमा टुबोर्ग ओपन २ दर्शकहरुको सामु पुनःआएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC