site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बंगलादेशी राष्ट्रपतिको यस्तो छ नेपालमा चारदिने कार्यतालिका
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज मध्यान्ह नेपालको चार दिने भ्रमणका लागि आइपुग्दैछन् । उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका उच्च अधिकारीहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमण कार्यक्रमको पछिल्लो ‘अपडेटेड’ कार्यक्रम उच्च स्रोतबाट बाह्रखरीले प्राप्त गरेको छ । जसअनुसार उनको कार्यतालिकाको विवरण यस्तो छः

आज मंगलबार

बंगलादेशका राष्ट्रपति आज मध्यान्ह १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान बंगलादेश एयरलाइन्सको उडान नम्बर बीजी ७१ बाट अवतरण गर्नेछन् । उनी विमानस्थलमा १२ः५५ बजेबाट १ः१५ सम्म स्वागत समारोहमा सरिक हुनेछन् । त्यसपछि १ः३५ बजे होटेल म्यारिएटमा पुग्नेछन् ।

Agni Group

त्यहाँ केही समय आराम गरेपछि उनी भक्तपुर जानका लागि ३ बजेर २० मिनेटमा नारायणहिटी हेलिप्याडतर्फ प्रस्थान गर्नेछन् । उनी ३ बजेर ४७ मिनेटमा भक्तपुरको सैनिक आवासीय महाविद्यालयको हेलिप्याडमा अवतरण गर्नेछन् । त्यहाँबाट मोटरकेडसहित भक्तपुर दरबार स्क्वायरमा जानेछन् । ५ बजेर १५ मिनेट जाँदा सैनिक आवासीय महाविद्यालयको हेलिप्याडबाट उनी काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी ५ बजेर ४३ मिनेटमा होटल म्यारिएटमा पुग्नेछन् । सोही होटलमा साँझ ६ः१५ देखि ६ः३५ सम्म परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बंगलादेशी राष्ट्रपतिसँग भेट गर्नेछन् । ७ः१० बजे बंगलादेशी राष्ट्रपति नेपालका लागि बंगलादेशका राजदूतले आयोजना गर्ने रात्रिभोजमा सरिक हुन प्रस्थान गर्नेछन् ।

बुधबार

Global Ime bank

बिहान १०ः५० देखि ११ः५ सम्म राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बंगलादेशका राष्ट्रपतिलाई होटल म्यारिएटमै भेट्नेछन् । ११ः१० देखि ११ः२५ सम्म नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई भेट्नेछन् । त्यसपछि २ बजेबाट २ः१५ बजेसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्ने कार्यक्रम रहेको छ । २ः४० देखि ३ः१० सम्म प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी राष्ट्रपतिसमक्ष शिष्टाचार भेट गर्नेछन् । ३ः१५ बाट ३ः३५ सम्म उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्गले भेट्ने कार्यक्रम रहेको छ । 

४ बजे बंगलादेशका राष्ट्रपति शितल निवासका लागि प्रस्थान गर्नेछन् । ४ः३० देखि ५ बजेसम्म उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बैठक गर्नेछन् । ५ बजेर १५ मिनेट जाँदा उनी म्यारिएट होटलमा फर्कनेछन् । ६ बजेर १५ मिनेट जाँदा उनको सम्मानमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले आयोजना गर्ने रात्रिभोजका लागि होटल याक एण्ड यति तर्फ प्रस्थान गर्नेछन् । ६ः३० बजेबाट ९ बजेसम्म रात्रिभोजको कार्यक्रम रहेको छ । उनी ९ बजेर १० मिनेटमा होटल म्यारिएट पुग्नेछन् ।

बिहीबार

बिहान ११ बजे उनी नारायणहिटी हेलिप्याडतर्फ प्रस्थान गर्नेछन् र ११ः७ बजे उनी त्यहाँबाट पोखराका लागि प्रस्थान गर्नेछन् । ११ः५७ मा उनी पोखरा पुग्नेछन् । १२ः२० देखि १ बजेसम्म उनी फेवातालमा बोटिङ्ग गर्नेछन् । १ः५ बजे स्थानीय फिस्टेल लजमा उनी दिवाभोजका लागि जानेछन् । २ः१५ बजे उनी पोखरा विमानस्थलको लागि प्रस्थान गर्नेछन् । २ः३० बजे उनी रुपाकोट रिसोर्टतर्फ प्रस्थान गर्नेछन् । उनी त्यहाँ एक घण्टा बस्नेछन् । ३ः५५ बजे उनी काठमाडौंका लागि प्रस्थान गर्नेछन् । ४ बजेर ४० मिनेटमा उनी काठमाडौं आइपुगेर होटल तर्फ प्रस्थान गर्नेछन् ।

शुक्रबार

बिहान ११ बजे चन्द्रागिरी हिल्सका लागि होटल छोड्नेछन् । त्यसका लागि उनी नारायणहिटी हेलिप्याडमा गएर त्यहाँबाट ११ः३० मा चन्द्रागिरी पुग्नेछन् । उनी केबुलकार चढेर माथि जानेछन् । दिवाभोजको कार्यक्रम त्यहीं राखिएको छ । १ बजेर ३५ मिनेटमा उनी त्यहाँबाट प्रस्थान गर्नेछन् र २ बजे होटल म्यारिएटमा आइपुग्नेछन् । ४ः२५मा उनी स्वदेश प्रस्थानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन् । ४ः४०मा विमानस्थलमा विदाई समारोह हुनेछ । विमान बंगलादेश एयरलाइन्सको उडान नम्बर बीजी ७० बाट ढाकातर्फ प्रस्थान गर्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC