site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
उद्यमी र उद्यमशीलताको सम्मान 

सबै व्यवसायीलाइ चोर, कर्मचारीलाई अल्छी, वकिललाई घुसखोर, पत्रकारलाई जासुस, डाक्टरलाई हत्यारा, ठेकेदारलाई ठग, नेतालाई भ्रष्ट, गैरनाफामूलक संघसंस्थालाई डलरवादी, प्रहरीलाई नेताका तलुवाचटुवा, विदेशीएकालाई भगौडा वा पलायनवादी ठान्नेहरुको संख्या बढेको देखिनु डरलाग्दो संकेत हो । कुनै एक व्यक्ति वा संस्थाले गरेका गल्ती प्रमाणितसम्म पनि नहुँदै त्यसैलाई सामान्ययीकरण गरेर समान पेसा,  व्यवसाय वा संघसंस्था सबैलाई यी पनि त्यस्तै हुन् भनेर खोइरो खन्नु कहाँको न्याय हो ? समाजमा यस्तो प्रवृत्तिको विकास हुनु आफैँमा डरलाग्दो त हुँदै हो त्यसमाथि सोलोडोलो सबैलाई एउटै डालोमा हालेर गरिने पूर्वाग्रही मूल्याङ्कनले सज्जन, इमानदार, मेहनती, पेसा र व्यवसायगत मर्यादामा रहनेलाई समेत निरुत्साहित गरी कालान्तरमा विस्थापित नै गराउन सक्छ । 

नेपालजस्तो अविकसित देशलाई क्रमिक विकासको मार्गमा गतिशील बनाउन गर्नुपर्ने पहिलो काम लगानी, पुँजी निर्माण र सो निर्मित पुँजीको पुनः लगानी नै हो । यो सरकारी तबरबाट गरिने खर्चले मात्रै पर्याप्त हुँदैन । यसमा प्रत्येक नागरिकको व्यक्ति, व्यवसाय वा गैरनाफामूलक संस्थाको लगानी अपरिहार्य हुन्छ । असंख्य साना, धेरै मझौला र केही ठूला लगानीकर्ताहरुको निर्माणमा हामी व्यक्तिगत र सरकारी तबरबाटै तयार नहुँदासम्म हामी धनी नागरिक र राष्ट्र बन्दैनौ । 

विडम्बना, देश विकासको पहिलो सर्त लगानी र त्यस्तो लगानी गर्ने समाजका अग्रणी सदस्यहरुलाई नै हामीले लगानीका लागि आवश्यक आधारभूत वातावरण, सामाजिक सम्मान र नीतिगत सहजता कहिल्यै प्रदान गर्ने सकेनौ । बरु केही गर्न खोज्ने, गरिरहेका र लगानीकर्ताको रुपमा स्थापित भइसकेका सबैलाई हामीले ठग, भ्रष्टचारी, जासूस, हत्याराजस्ता विषेशणले सुशोभित गर्न रमायाैँ । फलस्वरुप, साना, मझौला र ठूला लगानीकर्ताको उत्पादन वा भनौ उद्यमशीलता निर्माणमा हामी अघि बढ्नै सकेनौ । यसको नतिजा देशमा दैनिकरुपमा हजारौंको संख्यामा काम गर्ने सक्ने उमेरका बेरोजगार उत्पादन भइरहेका छन् ।  

Agni Group

व्यवसायीको पहिलो धर्म र कर्तव्य लगानी गर्ने हो । लगानीबाट उसले थप पुँजी निर्माण गर्छ, रोजगारी सिर्जना गर्छ । यसबाट नै उसको पहिलो र पेसागत कर्तव्य पूरा भएको मान्नुपर्छ । उसले त्यसभन्दा पनि केही अगाडि बढेर सामाजिक उत्तरदायित्वमार्फत आफ्नो पुँजीको केही हिस्सा समाजकै हितमा प्रयोग गर्छु भन्छ भने त्यो त झनै सुनमा सुगन्ध भनेजस्तै भयो । तर, कसैले व्यवसायबाट टन्नै पैसा कमाएर पनि सामाजिक उत्तरदायित्वतर्फ केही नगरे पनि उसलाई लोभी वा कन्जुस वा गैरजिम्मेवार व्यवसायी भन्नु हुँदैन । त्यो उसको पहिलो काम हैन ।

राज्यको नियम पालना, करको दायित्व भुक्तानी र असल व्यवसायिक आचरण कायम गर्न भने व्यवसायी सधैँ तत्पर हुनुपर्छ । नियम नमान्ने, कर नतिर्ने र व्यावसायिक आचरण कायम नगर्नेहरुकै लागि त हो सरकारका अनेकौं नियामन निकाय र संयन्त्र । उनीहरुले हो यो सबै कायम गराउन सम्बिन्धत व्यक्ति, संस्था वा व्यावसायिक प्रतिष्ठानलाई बाध्य बनाउने । उनीहरुसँग कानुनले दिएको अधिकार छ । यस्ता नियमन निकायले आफ्ना कर्तव्यको सीमाभित्र बसेर सबैलाई कानुको दायरामा ल्याउन सक्छन् । यहाँ ‘कर्तव्यको सिमाभित्र बसेर’ किन भनिएको हो भने कुनै पनि व्यक्ति, संस्था वा व्यावसायिक प्रतिष्ठानले गरेका कुनै पनि गैरकानुनी काम प्रमाणित नभएसम्म गोप्य रहनुपर्छ । उनीहरुको गोपनीयताको रक्षा गर्नु स्वयम् सरकारी अख्तियारप्राप्त निकायको जिम्मेवारी हो । प्रमाणित भएमा सार्वजनिक गर्नु पनि उनीहरुकै दायित्व हो । 

Global Ime bank

भर्खरै व्यापारी रुप ज्योतिलाई प्रहरीले प्रकाउ गर्‍यो । सम्पूर्ण प्रमाण पुर्‍याएर पक्राउ गरेको भए ठीकै हो तर प्रमाण नपुगेर उनलाई छोड्नु पर्‍यो भने त उनको सामाजिक प्रतिष्ठामा त आघात भयो । त्यसको क्षतिपूर्ति कसले गर्ने ? यहीँनेर हो सरकारको अधिकार र कर्तव्यको सीमा देखिनुपने ।  यही कुरा सबैले बुझ्नु जरुरी छ । प्रमाणित भइनसकेका आरोपहरुलाई पहिले नै प्रमाणित अपराध जसरी प्रस्तुत, व्याख्या र प्रचारप्रसार गर्ने बानी बन्दै गरिनुपर्छ । 

उद्यमशीलताको विकास, पुँजीको निर्माण र पुनः लगानी देश विकासका प्रमुख सर्त हुन् ।  तर यी सर्तहरु लागु गर्न समाजको पहिलो इकाइ व्यक्तिदेखि सरकारसम्म नैतिक, अनुशासित र कानुनको पालक बन्नु आवश्यक हुन्छ । 

केही दिन अघिमात्रै एउटा नेपाली पक्षिक पत्रिकामा एउटा समाचार आयो – फोर्ब्सको सूचीमा परेका नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्ने चौधरी फाउन्डेसनका बारेमा । उक्त समाचारसँगै प्रकाशित तस्बिरमा चौधरीसहित बिल गेट्स पनि देखिएका छन् । त्यहां प्रकाशित गेट्सको तस्विर र समाचारमा एकमात्रै सम्बन्ध भनेको गेट्सको फाउन्डेसनबाट चौधरी फाउन्डेसनले केही लाख डलर सहयोग लिएको भन्नेमात्रै हो । समाचारमा प्रस्तुत गरिएका अन्य विषयमा गेट्स फाउन्डेसन र उनका व्यावसायिक प्रतिष्ठानको कुनै सम्बन्ध देखिँदैन । 

चौधरी फाउन्डेसनको आलोचना र उसले गलत व्यावसायिक आचरण गर्दै गरेको भनेर दाबी गरिएको सो समाचारमा गेट्सको तस्बीर प्रयोगैले बिग्रन त केही नबिग्रेला न त गेट्सले नै केही चासो वा प्रतिक्रिया देलान् तर कुनै सबन्धै नभएको समाचारमा उनको तस्बिर नराखेको भए हुन्थ्यो । समग्र देशको अर्थतन्त्र नै रेमिटेन्स र विदेशी दातृनिकायको सहयोगकै भरमा चल्ने हाम्रोजस्तो देशले विदेशी लगानीकर्ता र सहयोगी निकायलाई यस्ता असम्बन्धित विषयमा जोडेर चिड्याउँदा घाटा हामीलाई नै हो । 

लगानीका नीतिगत झमेलाका कारण करौडाैँ डलर विदेशी लगानी नेपाल आउन नसकेका र आएका पनि फर्किएका दजर्नौ उदाहरण छन् । लगानीका लागि सहज र छरितो नीतिगत व्यवस्था लागु गर्न नसक्नु पनि लगानीर्तालाई सम्मान गर्न नसके सरह नै हो । जस्तो, आयकर वा कुनै पनि सरकारी दस्तुर, राजस्व, सवारी दर्ता, नविकरण, सडक करलगायतका अन्य सबै सरकारी दायित्व तिर्ने सजिलो व्यवस्थामात्रै लागु गरे नतिजा त्यसबाट संकलन हुन आउने रकमले नै प्रष्ट पर्नेछ । 

नेपालमा कतिपयले विदेशी व्यवसायको नक्कलै भए पनि नेपाली सन्दर्भमा परिमार्जित गरेर गरिरहेका छन् । त्यस्ता व्यवसायलाइ कानुनको अभाव छ जसको कारण बेला बेलामा उनीहरुलाई विभिन्न प्रकारका झमेला आइलाग्ने गरेका छन् । संभावित व्यवसायको भविष्यलाइ हेरेर आधारभूत नीति नियम सरकारले पहिल्यै तयार गरेर संभावित लगानीकर्तालाई उपलब्ध गराउन सके त सबैभन्दा राम्रो भयो । नसके संचालनमा आइसकेका व्यवसाय र उनीहरुका लगानीकर्तासँगको परामर्शमा सहजरुपमा व्यवसाय सञ्चालन, पुँजी र लागनी विस्तारका नीति नियम र आचारं संहिता तयार गर्दा पनि उद्यमशीलताको सम्मान हुन्छ । यसले कसैलाई पनि हानि गर्दैन । 

नेपालमा कुनै न कुनै प्रकारका काण्डमा नमुछिएका व्यवसायी र व्यावसायिक घराना पाउनै मुस्किल भइसक्यो । प्रमाणित काण्ड त अपराध नै भयो । कुनै पनि कानुनविपरीत काम गर्नेले सजाय पाउनै पर्छ भन्नेमा दुईमत हुँदैन । तर, हामीकहाँ नक्कली वा प्रमाणित हुन नसकेका काण्ड उछालेर वा अनेक तिकडम लगाएर प्रचारप्रसार गरेर उद्यमी, व्यवसायी, लागनीकर्ता, कुनै पेसा विशेषका व्यक्ति, संघसंस्थाको बदनाम गराउने परिपाटी डरलाग्दोरुपमा बढिरहेको छ । 

देशमा कानुन छ । नभए बनाउन दबाब दिऊँ । कानुनको पालनामा राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, नेता र कार्यकर्तालाई बाध्य बनाउने उपाय सोचौँं । चुनावमा भोट दिँदा विचार पुर्‍याएर असल र कानुनको पालक नेता छानौ । राम्रा नेतृत्वलाई निरन्तरता र नराम्राको अन्य गर्ने हिम्मत देखाऊँ ।  तर, आफैँ न्यायाधीश  भएर सबैलाई आरोप लगाउँदै, अपराधी ठहर गर्दे नहिडौँं । यस्तो परिपाटीको सिकार आफ्नो शत्रु हुँदासम्म मात्रै रमाइलो लाग्ने हो । केही गरेर आफैँ सिकार भइयो भने त्यति बेला कता औँला तेर्स्याउने ?
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC