site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
प्रधानमन्त्रीको सराहनीय प्रयास
Sarbottam CementSarbottam Cement

राष्ट्रियताका विषयमा नेपालमा पुनः राष्ट्रिय सहमति देखिएको छ । नागरिकस्तरमा त भारतले नेपालको भूमि मिचेको विरुद्ध एकमत थियो नै राजनीतिक दलका नेताहरूबीच पनि एकमत कायम भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समावेश हुनु गलत भएको र त्यसलाई कूटनीतिक माध्यमबाट सच्याउन र नेपाली भूमिबाट भारतीय सेना हटाउन लगाउन सरकारलाई साथ दिन सबै दलका नेताहरू एकमत भएका छन् । राष्ट्रियताका आँच पुग्यो भने नेपालीहरू सबै विवाद बिर्सेर एक हुन्छन् भन्ने सन्देश संसारलाई दिने यस अग्रसरताका लागि समग्रमा सबै राजनीतिक दलका नेताहरू र विशेषगरी प्रधानमन्त्री ओली सरहानाका पात्र भएका छन् । अंग्रेजहरूले राज गरेकै बेलादेखि भारतको थिचोमिचो नेपालले सहनु परेको हो । त्यही मिचाहा प्रवृत्ति सीमा मिच्ने अभ्यासका रूपमा बेलाबखत प्रकट हुनेगरेको छ ।

नेपालको सीमा विभिन्न ठाउँमा भारत र चीनले मिचेको समाचार सार्वजनिक भइरहेकै हो । अहिले भारतले आफ्नो नक्सामा पारेर देखाएको क्षेत्र पनि भारतले लामै समयदेखि कब्जा गरेको छ । नेपालले त्यसको औपचारिक विरोध गर्नुबाहेक अरू थप केही गर्न सकेको छैन । चीनसँगको सीमा विवाद अपेक्षाकृत सजिलै सुल्झेको थियो तर पछिल्ला दिनमा केही क्षेत्रमा चीनले पनि नेपाली भूभाग कब्जा गरेको समाचार सार्वजनिक भएका छन् । पहिलेको दृष्टान्त हेर्दा केही वर्ग किलोमिटर जमिनका लागि चीनले नेपालको चित्त दुःखाउन चाहँदैन कि भन्न सकिन्छ । भारतले भने दसगजा मिचेर सीमा स्तम्भसमेत सार्ने त गरिआएकै छ । भारतले धेरै ठाउँमा नेपाली सीमा अतिक्रमण गरेको छ तर कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो आधारिकारिक नक्सामा पारेर देखाएपछि विवाद पुनः चर्केको हो । सन् २०१५ मा भारत र चीनले लिपुलेकलाई दुईपक्षीय व्यापारिक नाका घोषणा गर्दा पनि नेपालले त्यसको प्रतिवाद गरेको थियो ।  

Prabhu Bank
Agni Group
NIC Asia

हामीलाई जति नै अप्रिय लागे पनि स्वीकार गर्नैपर्छ भारत वा चीनसँग पौँठेजोरी खेलेर नेपालले सीमा फिर्ता लिन सक्तैन । यस्तै, उनीहरू ठूला देश र शक्तिशाली देश भएकाले सानो गरिब मुलुक नेपालले थिचोमिचो सहिरहनुपर्छ भन्ने पनि नेपालीका लागि स्वीकार्य हुँदैन । यसैले नेपालले प्रमाणहरू जुटाएर कूटनीतिक माध्यमबाट स्पष्टसँग भारत र चीन दुवैलाई नेपाली भूभाग नमिच्न भन्नुपर्छ । नेपालभित्र यसरी राष्ट्रिय सहमति भएको अवसरलाई सरकारले कूटनीतिक अग्रसरताका लागि उपयोग गर्नु उचित हुन्छ । सरकारले परराष्ट्र मन्त्रीको नेतृत्वमा सर्वदलीय तथा सर्वपक्षीय राष्ट्रिय समूह बनाएर प्रमाण जुटाउन र वार्ताका लागि कूटनीतिक कदम तत्काल चालोस् । शान्त र शिष्ट कूटनीतिक प्रयासमात्र नेपालको शक्ति बन्न सक्छ ।

परन्तु, अहिले फाटफुटरूपमा देखिएको उग्र राष्ट्रवादको प्रदर्शन भने नेपालका लागि प्रत्युत्पादक हुनसक्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नारावाजी गरेर वा उनको पुत्ला जलाएर कालापानीबाट सेना हटाउन सकिँदैन । बरु, भारत थप चिढिनसक्छ । नेपालमा प्रकट हुने भारत विरोधी उग्रता त्यहाँको संस्थापनलाई आफ्नो हठमा कायम रहने निहुँ बन्न सक्छ । यसैले राष्ट्रिय सहमति कायम भएका बेला शान्त तर दृढ अग्रसरता सरकारले देखाओस् । नागरिकस्तरबाट सरकारलाई अप्ठेरो पर्ने गरी उत्तेजना प्रदर्शन नहोस् । साथै, नेपालले पनि आफ्नो भूभाग स्पष्ट देखिने नक्सा जारी गरोस् । हेरौँ न, भारत र चीनको प्रतिक्रिया कस्तो हुने रहेछ ?
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC