site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालमा ‘बुलबुल’ चक्रवातको सामान्य असर,  बंगलादेशमा पाँचलाख मानिस सारिए
Ghorahi CementGhorahi Cement

काठमाडौं । शक्तिशाली सामुद्रिक चक्रवात ‘बुलबुल’को सामान्य असर नेपालमा पनि देखिएको छ । हाल बंगलादेश र भारतको पश्चिम बंगाल नजिक पुगेको सो चक्रवातको प्रभावले गएराति देशको पूर्वी उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको अवस्था उत्पन्न भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
मौसमविद् मिनकुमार अर्यालले आज बिहान बाह्रखरीसँगको कुराकानीमा बुलबुलको कारण पूर्वी क्षेत्रमा सामान्य बदली रहे पनि त्यसको थप असर नपर्ने बताए । उनको भनाइ थियो,‘‘यो चक्रवात बंगलादेशकै भूभागतिर जाने भएकोले यसले असर गर्दैन ।’’

नेपालतिर अलि धुम्म जस्तो देखिनुको कारण स्थानीय प्रदूषणले गर्दा भएको उनको भनाइ थियो । 

Agni Group

बंगलादेश नजिक रहेको सो चक्रवात उत्तरपूर्वी दिशातर्फ बढ्ने देखिएको जनाइएको छ । अहिले नेपालको पूर्वी तथा मध्य भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।

आज दिउँसो देशको पूर्वी भूभागलगायत मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । त्यस्तै, भोलि सोमबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । मंगलबार पनि पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक रहने र बाँकी भूभागमा सफा रहने जनाइएको छ । 

Global Ime bank

बीबीसीले जनाएअनुसार बंगालको खाडी आसपासमा बुलबुलको असर देखिएपछि प्रभावित क्षेत्रका पाँचलाख मानिसलाई अन्यत्र सारिएको छ । सो चक्रवातले गएराति उक्त क्षेत्रमा भारी वर्षासमेत गराएको थियो । सो चक्रवातबाट दुईजनाको मृत्यु भइसकेको जनाइएको छ । सो क्षेत्रका विमानस्थलसमेत बन्द गरिएको छ । व्यस्त मानिने भारतको कोलकाता विमानस्थल पनि बन्द गरिएको जनाइएको छ । 

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सर्वसाधारणलाई शान्त रहन आग्रह गर्दै ट्विट गरेकी छन् । होशियार र सुरक्षित रहन उनले आग्रह गरेकी छन् । सो चक्रवात उत्तरतर्फ विस्तारै जाने र कमजोर हुने मौसमविद्हरुले जनाएका छन् । भारतबाट पनि प्रभावित क्षेत्रका ६० हजार मानिसलाई अन्यत्र सारिएको बीबीसीले उल्लेख गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC