site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अदालतमा फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको व्यक्ति प्रदेशको मन्त्री हो भन्न अलि अप्ठेरो लाग्ने रहेछ । तर, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीविरुद्ध एउटा कम्पनीको सेयर बेच्दा किर्ते र ठगी गरेको आरोपमा साउन महिनामै ‘फरार अभियुक्त’का रूपमा अदालतमा मुद्दा दायर गरिएको रहेछ । तिनै ‘फरार अभियुक्त’ अहिले सम्पत्ति शुद्धीकरणको छानबिनमा पनि परेका रहेछन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सबै चलअचल सम्पत्ति रोक्का राखेको समाचार छ । त्यति भइसक्ता पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतासमेत रहेका ती सुदूरपश्चिम प्रदेशका राज्यमन्त्रीले भने राजीनामा नगर्ने हठ गरेको पनि सार्वजनिक भएको छ । 

प्रदेशका बहालवाला राज्यमन्त्रीलाई ‘फरार’ लेख्नुपर्ने बाध्यता कसरी आइलाग्यो त्यो नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयले जनतालाई पनि स्पष्ट जानकारी लिनुपर्छ । अदालतले पनि पक्कै यसमा स्पष्टीकरण सोध्ने नै छ । तर, राज्यको संयन्त्रले नै फरार घोषणा गरेको व्यक्ति राज्यमन्त्रीजस्तो मर्यादित पदमा भने रहनु कानुनी र नैतिक दुवै दृष्टिबाट मिल्दैन । प्रदेशको राज्यमन्त्री पदमा बहालरहेको व्यक्तिमाथि छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पनि सजिलो पक्कै हुँदैन । यसैले नेकपा (नेकपा)ले मन्त्रीलाई हटाएर अनुसन्धानमा सहयोग र अदालती प्रक्रियाको सम्मान गर्नुपर्ने हो । तर, नेपालका सत्तारुढ कम्युनिस्टहरूले भने ठगी र किर्ते मुद्दाका ‘फरार’ अभियुक्तलाई राज्यमन्त्री पदमा बहाल राखेका छन् । 

मन्त्री भनेको त उच्च नैतिकता हुनुपर्ने पद हो । राज्य संयन्त्रद्वारा ठगी र किर्ते मुद्दामा ‘फरार’ घोषित व्यक्ति कम्तीमा पनि अदालतको निर्णय नआउँदासम्म मन्त्री पदमा बहाल रहन योग्य नहुनुपर्ने थियो । किर्ते र ठगीजस्ता नैतिक पतन हुने अभियोग लागेर अदालतमा मुद्दा चल्नेबित्तिकै व्यक्ति स्वयंले नैतिकताका आधारमा राजीनामा गरिक्नुपथ्र्यो । अदालतले निर्दोष ठहर गरेमा राजनीतिमा फर्कने बाटो त खुला नै हुन्छ । सुदूरपश्चिम प्रदेशका ती विवादास्पद राज्यमन्त्रीले राजीनामा नदिए मुख्यमन्त्रीले हटाउनु पर्छ । राजीनामा नदिने मन्त्रीलाई हटाउने अभ्यास प्रदेश नम्बर ३ का मुख्यमन्त्रीले सुरु गरेकै थिए । उनलाई त्यसका लागि कसैले नराम्रो त भनेन । यसअघि सुदूरपश्चिम प्रदेशकै पनि एक जना मन्त्री हटाइएकै हुन् । कर्णाली प्रदेशका पनि एक जना मन्त्री विवादमा परेर पदमुक्त भएका थिए । यसैले ‘फरार’ घोषित व्यक्तिले राजीनामा नदिए मुख्यमन्त्रीले बर्खास्त गरेर संविधान, शासन प्रणाली, सुदूरपश्चिम प्रदेश र नेकपा (नेकपा)कै पनि इज्जत जोगाऊन् । ‘फरार मन्त्री’ त सुन्दा पनि लाजमर्दै हुनेरहेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC