site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
श्रीलंकामा डेङ्गुबारे सचेत रहन स्वास्थ्य मन्त्रालयद्वारा नागरिकलाई ध्यानाकर्षण
Sarbottam CementSarbottam Cement

कोलम्बो । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले देशका विभिन्न भागमा डेङ्गुको सङ्क्रमण देखिएको भन्दै नागरिकहरूलाई सचेत बन्न आग्रह गरेको छ ।

अक्टोबरको अन्त्यसम्ममा ८० जनाको डेङ्गुका कारण मृत्यु भएपछि शुक्रबार मन्त्रालयले नागरिकलाई डेङ्गुको सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय सञ्चारमाध्यमले मन्त्रालयलाई उद्धृत गरी अक्टोबरसम्ममा ६० हजार नागरिक डेङ्गु भाइरसबाट प्रभावित बनेको र सबैभन्दा बढी समस्या कोलम्बो जिल्लामा देखिएको बताएका छन् । 

मन्त्रालयले दुई दिनसम्म नियमित ज्वरो आएमा आफूलाई पाएक पर्ने अस्पतालमा पुगी रगत परीक्षण (एन–वन टेष्ट) गर्न नागरिकहरूलाई सचेत बनाएको छ । यो परीक्षणबाट डेङ्गु ज्वरोको सजिलै तथा छिट्टै पहिचान हुने बताइएको छ ।

Global Ime bank

श्रीलंकामा गत बर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ५८ रहेको थियो । यस बर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या अक्टोबरसम्ममा नै ८० पुगेकोले यसलाई यहाँका स्वास्थ्य विज्ञहरूले ‘भयावह’ स्थिति भनेका छन् । विज्ञहरूले उच्च ज्वरोको समस्या देखिएमा तत्काल चिकित्सकको परामर्श लिन र औषधी चलाउन सुझाब दिएका छन् ।

डेङ्गुको सङ्क्रमण भएका विरामीमा उच्च ज्वरो आउने, निरन्तर वान्ता आउने, पेट दुख्ने, रिङ्गटा लाग्ने र थोरै पिसाब लाग्ने लक्षणहरू देखिने विज्ञहरूले बताएका छन् ।

डेङ्गुको ज्वरोका कारण रक्तनलीहरू फुट्ने सम्भावना भएका कारण यसलाई प्राणघातक रोगका रूपमा लिन र रोगबाट सङ्क्रमित व्यक्तिले विद्यालय तथा आफूले काम गर्ने कार्यालयमा नजान र आरम लिन सुझाब महामारी रोग विशेषज्ञहरूले दिएका छन् । चिकित्सकहरूले गर्भवती महिलाहरूले ज्वरो आएकै दिन अस्पतालमा भर्ना भै उपचार लिन पनि सचेत गराएका छन् ।

श्रीलंकामा लामखुट्टेको टोकाईबाट सर्ने यस समस्या लिएर गत बर्ष ४८ हजार विरामी परेका थिए । राष्ट्रिय डेङ्गु नियन्त्रण एकाईले देशभर लामखुट्टे नियन्त्रणका लागि व्यापक अभियान सञ्चालन गरेको छ । - सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC