site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धरानमा उपचुनाव : डेंगुलाई बाईबाई, चुनावका उमेदवार हाईहाई 
Ghorahi CementGhorahi Cement

धरान । डेंगुबाट थलिएको धरान बल्लतल्ल तंग्रिदै छ । केहीअघिसम्म मानिसहरु डेंगुको संक्रमण र लामुखुट्टेको आतंकबारे कुराकानी गर्दथे । कतिपयमा यसको त्रासले मनमा डेरा नै जमाएको थियो । 

प्रदेश १ को सबैभन्दा ठूलो अस्पताल वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान डेंगुका बिरामीले खचाखच हुन गर्दथ्यो । घरैपिच्छे कोही न कोही बिरामी थिए । यद्दपि अहिले पनि सानो संख्यामा मासिनहरु डेंगुको उपचार गर्न अस्पताल पुगेकै छन् । 

कतैकतै संक्रमण पनि छँदैछ । तर, नजिकिँदै गरेको उपनिर्वाचनको रापतापको पारो उक्लिएपछि धरानबासीले डेंगुलाई वाईवाई भनिदिएका छन् । उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेद्वारलाई लिएर टोलटोलमा हाईहाईको नारा गुन्जन थालेको छ । 

Agni Group

नयाँ नगर प्रमुख चुन्ने जिम्मेवारीसँगै धरानमा चुनावी माहोल तात्तिएको छ । घरगाउँ र टोलटोलमा दलका झन्डा बोकेर कार्यकर्ता तथा समर्थक चुनावी अभियानमा खटिएका छन् । 
उपचुनावलाई लक्षित गर्दै धरानमा दुई ठूला दल नेकपा र कांग्रेसले चुनावी अभियानलाई तीव्रता दिएका हुन । अन्य दलका उम्मेदवारले पनि मतदाता भेट्न शुरु गरेका छन् । 

धरान उपमहानगरभित्रका ग्रामीण भेगमा विशेषत घरदैलो कार्यक्रमले नै गति लिएको छ । उमेदवार मत माग्दै स्थानीयका घरदैलो र खेतखेतमा पुग्न थालेका छन् । धान काट्ने र थन्क्याउन व्यस्त भएका किसानलाई खेतका कान्लाकान्लामै भेटेर उम्मेदवारले मत माग्ने क्रम सुरू भएको छ । 

Global Ime bank

नेपाली कांग्रेसबाट धरानको प्रमुखमा उम्मेद्वार बनेका तिलक राईले मतदातालाई घरदैलोमै गएर घेट्न सुरू गरेको बताए । उनी कांग्रेसका नगरसभापति पनि हुन । उनले भने,‘‘अघिल्लो चुनावमा बेहोरेका पराजयबाट पाठ सिक्दै जनताको घरदैलोमा पुगिरहेको छु । जनताको मत जित्ने प्रयासमा छु ।’’ उनले आफू जनताको पिरमर्काअनुसार उपमहानगरको विकास र समृद्धिमा सक्रिय हुने बताए । २०७४ कोस्थानीय तहको निर्वाचनमा पनि राई प्रमुखमा उमेदवार थिए । 

प्रमुख पदका सबै प्रत्यासी उम्मेदवारहरुले आफूले जित्ने दाबी गर्दै आ-आफ्नो तरिकाले चुनावी अभियान सुरू गरेका छन् । स्थानीय तहको निर्वाचनमा धरानबाट तत्कालीन नेकपा एमालेका उम्मेद्वार तारा सुब्बा प्रमुखमा निर्वाचित भएका थिए । उनले प्रत्यासी उम्मेद्वार तिलक राईलाई ४ हजार ८ सय ७३ मतले पछि पार्दै २० हजार ९ सय ७५ मत ल्याएर विजयी बनेका थिए । तर, सुब्बाको गत वर्ष साउन महिनामा मृगौला सम्बन्धी रोगबाट ग्रसत भई मृत्यु भएको थियो । त्यसयता उपप्रमुखले कार्यभार सम्हाल्दै आएकी थिइन । 

यो पटक नेकपाको उमेद्वार बनेका प्रकाश राईले ‘‘कम्युनिष्टको गढ’’मा अरु दलले जित्ने सम्भावना नै नभएको तर्क गरेका छन् । भने,‘‘पार्टी समेत एकीकरण भई हामी अघि बढेको अवस्थामा संगठित र व्यवस्थित रणनीतिसाथ चुनावमा होमिएका छौं ।’’ उनले नगरमा भ्रातृसंस्थासहित चुनाव प्रचार कमिर्टीले अभियानलाई गति दिएको सुनाए ।

धरानमा प्रमुख पदसँगै धरान ७ को वडा अध्यक्ष पदका लागि समेत प्रतिस्पर्धा हुँदैछ । तर, दुबै दलले ती पदका सबै उम्मेदवार तय गरिसकेका भने छैनन् । एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका तत्कालीन अध्यक्ष भुवन मोक्तानको समेत रोगका कारण मृत्यु भएको थियो । पछिल्लो निर्वाचनमा धरानमा मतदाता संख्या ७९ हजार २ सय ८२ थियो । अहिले १३ हजार नयाँ मतदाता थपिएको निर्वाचन कार्यलयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC