सत्तारूढ नेकपा निकट अनेरास्ववियूले भारतीय दूतावास घेर्‍यो 

सत्तारूढ नेकपा निकट अनेरास्ववियूले भारतीय दूतावास घेर्‍यो 

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भूभाग आफ्नो नक्सा समेटेको विरोधमा अनेरास्ववियूले भारतीय दूतावास घेराउ गरेको छ ।

कब्जाको शैलीमा भारतले नेपाली भू–भाग नक्साका समेटेको भन्दै शुक्रबार भारतीय दूतावास लैनचौर घेराउ गरेको थियो ।

दूतावास घेर्न पुगेका विद्यार्थीहरूले गो ब्याक इण्डिया, कालापानी हाम्रो हो, हाम्रो भूमि हाम्रो देश प्राणभन्दा प्यारो छ लगायत नारा लगाएका थिए ।

को कार्यक्रम राखेको र नक्सा नसच्याएसम्म आन्दोलन जारी राख्ने अनेरास्ववियूकी नेतृ आरती लामाले जानकारी दिइन् ।

“हामी बुधबारैदेखि आन्दोलित भएका छौं । नेपाली भूमि हडप्ने भारतको पुरानै रवैया हो । अहिले त नक्सा नै बदलेको छ, निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्छौं,” उनले बाह्रखरीसँग भनिन् ।

अनेरास्ववियूले बुधबार राजधानीमा विरोध र्‍यालीको आयोजना गरको थियो ।

प्रतिकृया दिनुहोस
ad