site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एमसीसीसँग नेपाल पराजित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँगको तीन दिवसिय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । एमसीसीले प्रस्तुत गरेको ३९३ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभरमा सम्पूर्ण किवेट गुमाउँदै १८४ रन बनाउन सक्यो । 

एमसीसीले पहिलो इनिङमा एमसीसी ३६४ रनमा अल आउट भएको थियो । नेपाल १५३ रनमा अल आउट हुँदै २११ रनले पछि परेको थियो । दोस्रो इनिङमा एमसीसीले १८१ रनमा ६ विकेट गुमाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो । 

समग्रमा नेपाल २०८ रनले पछि पर्दै पराजित भएको हो । नेपालका लागि सोमपाल कामीले अर्धशतकीय पारी खेले । सोमपालले नेपालका लागि ५१ रनको महत्वपूर्ण योगदान गरे । पहिलो इनिङस्मा भने नेपालका लागि सोमपालले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि दोस्रो इनिङस् खेलेको नेपालले मात्र रन बनाउँन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाउँदै आउट भए । शरद भेषवाकर १४ रन बनाउँदै नेपालका लागि दोस्रो विकेटको रुपमा आउट भए । ३१ रन बनाउँदै राजु रिजा तेस्रो विकेटको रुपमा आउट हुँदा विनोद भण्डारी र दिपेन्द्र ऐरीले रन नबनाएरनै आउट भए । नेपालका लागि पवन सरार्फले रन नबनाएर नै आउट भए । 

त्यसपछि नेपालको आठौं विकेटका लागि सोमपाल कामी र करण केसीले महत्वपूर्ण रनको साझेदारी गरे । दुबै जनाले ३६ रनको साझेदारी गरे । करण केसी १८ रन बनाउँदै आउट भएका थिए । त्यसपछि नेपालका सन्दीप लामिछानेले २५ रन बनाउँदै एलबीडब्लु आउट भएका थिए । 

Global Ime bank

पहिलो दिनको इनिङस्मा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३९ रनको योगदान गरेका थिए । विनोद भण्डारीले ३६ रन बनाएर आउट भएका थिए । नेपालको अन्तिम वकेटका लागि सन्दीप र ललित नारायण राजवंशीले ४२ रनको साझेदारी गरेका थिए ।

त्यस्तै सोमपाल कामीले २६ रनको योगदान गरे । कप्तान ज्ञानेन्द्र मल्ल रन नबनाएर आउट भएका थिए । शरद भेषवकरले पनि नेपालका लागि धेरै रन जोड्न सकेनन् । उनी चार रनमा आउट भएका थिए । 

नेपालका लागि ओपनरमा आएका राजु रिजाल ८ रनमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भएका थिए ।  आरिफ शेखले १० रन जोड्दै क्याच आउट भए । पवन सरार्फ र करण केसी समान दुई–दुई रनमा क्याच आउट भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC