site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस नेता बडू भन्छन् - कालापानी र लिपुलेकमा नेपाली सेना राख्‍नुपर्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले कालापानी र लिपुलेकको विवाद समाधानका लागि सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । गृहजिल्ला दार्चुलामा रहेका नेता बडूले लामो समयदेखिको सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले कूटनीतिक कौशलता र गम्भीरता देखाउनुपर्नेमा जोड दिए । 

उनले यसअघि सरकारको नेतृत्व सम्हालेका राजनीतिज्ञ र राजनीतिक दलहरुको कूटनीतिक कौशलता र गम्भीरताको अभावमा भारतसँगको सीमा विवाद बल्झिदै गएको जिकिर गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

कालापानी, लिपुलेक क्षेत्रमा देखिएको विवाद समाधानमा ढिलाई हुनुको कारण के हो भन्ने बाह्रखरीको प्रश्नमा उनले टेलिफोनमा भने, “यो विषय गम्भीरतापूर्वक एजेण्डा बनेन, दुःखद हो । कूटनीतिक कौशलता र कुटनीतिक गम्भीरताको अभावले नै हो । अब सरकारले कूटनीतिक कौशलता र गम्भीरता देखाउनुपर्छ । हामी सबै यसमा गम्भीर बन्न अति नै आवश्यक छ ।”

उनले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्साप्रति आपत्ति जनाउँदै भारतलाई उक्त नक्सा परिवर्तनका लागि सरकारले कूटनीतिक पहल अघि बढाउनु पर्ने आवश्यकता औंल्याए । 

Global Ime bank

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता बडूले यसअघि आफूले संसद बैठकमा कालापानी र लिपुलेकको विषय उठान गर्दै आएको स्मरण गराउँदै अब सरकारले सीमा विवाद समाधान गरेर सीमा क्षेत्रमा नेपाली सेना वा अधैसैनिक बल तैनाथ गर्नुपर्ने बताए । 

उनले दार्चुलाको सीमा क्षेत्रमा सरकारले शसस्त्र प्रहरी तैनाथ गर्ने भन्दै गाउँ नजिकै पेस्ट स्थापना गर्ने तयारी भइरहेको प्रति आपत्ति जनाए । “सरकारले सीमा क्षेत्रमा अर्धसैनिक बल खटाउने निर्णय गरिसकेको छ,” बडूले भने, “तर, त्यसलाई गाउँ नजिकै स्थापना गर्ने तयारी भइरहेको सुनिएको छ । जुन सरासर गलत हो । सरकारले भारत जस्तै सीमा क्षेत्रमै सुरक्षाकर्मी खटाउनुपर्छ ।” उनले उक्त क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई बाह्रै महिना बस्न सकिने व्यवस्थासमेत गर्नुपर्नेमा जोड दिए । 

नेता बडूले राष्ट्रियताका सवालमा सत्ता पक्ष र प्रतिपक्ष भनेर दलहरु विभक्त हुन नमिल्ने भन्दै भारतले हालै जारी गरेको नयाँ नक्साको विषयमा सबै दलहरु एक ठाउँमा उभिनुपर्ने जिकिर गरे । उनले सरकारले यो विषयमा गम्भीरतापूर्वक कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै कांग्रेस सरकारलाई साथ दिन तयार रहेको पनि बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC