भक्तपुरमा क्यूएफएक्सको नयाँ शाखा 

 भक्तपुरमा क्यूएफएक्सको नयाँ शाखा 

काठमाडौं । चलचित्रमा चेन क्यूएफक्सले भाटभटेनी सुपरमार्केट थिमीमा पहिलो मल्टिप्लेक्स सुरु गरेको छ । भर्खरै निर्मीत सिनेमा हल भाटभटेनी सुपरमार्केटको पाँचौ तल्लामा रहेको छ । 

क्यूएफएक्स मल्टिप्लेक्समा रिगल सिनेमा प्रा.लिको लगानी र टीम क्वेस्टको व्यवस्थापन छ । हलमा अडियो र भिडियोको गुणस्तरलाई अझै बढि ध्यान दिइएको रिगल सिनेमाले जनाएको छ । ध्वनिको गुणस्तरमा विशेष ध्यान दिँदै डेप्थ क्यू र ३ वटै स्क्रिनमा डल्बी ऐटमोसको साउन्ड सिस्टम जडान गरिएको छ । पिक्चर क्वालिटीको लागि क्रिस्टी प्रोजेक्शन जडान गरिएको छ । 

क्यूएफएक्सले यो शाखाबाट पहिलो पटक रिकलाइनर सीटहरु राखेका छन् । कूल ७०२ सिट क्षमता रहेकोमा ४० रिकलाइनर सिटको व्यवस्था गरिएको छ । भाटभटेनीमा विस्तारित चेनमा मल्टिप्लेक्ससँगै थप भेराइटीको मेनु लिस्टसहित फुड कोर्ट पनि निर्माण गरिएको छ । 

दर्शकलाई थप सुविधाको लागि कयूएफएक्स सिनेमाले आफ्नै मोबाइल एप र गोजी एप मार्फत पनि टिकट काट्न सक्ने सुविधा दिँदै आइरहेको छ । ऐन्टेरियरमा विशेष ध्यान दिँदै भतmपुरमा थपेको ३ नयाँ स्क्रिन सहित अव कयूएफएक्सको नेपालमा जम्मा २३ स्क्रिनहरु भएका छन् । यो सँगै अव रिगलले बुटवल र विराटनगरको भाटभटेनीमा २–२ शाखा विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रतिकृया दिनुहोस
ad