खेल
काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको पाकिस्तान तेस्रो तथा अन्तिम टी-ट्वान्टी क्रिकेटमा आज घरेलु टोलीविरुद्ध खेल्दैछ ।
सिरिज बराबरी सकाउने लक्ष्यसहित पाकिस्तान तेस्रो तथा अन्तिम टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाविरुद्ध खेल्न लागेको हो ।
पर्थ स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरू हुनेछ । यसअघिको दोस्रो टी-ट्वान्टी खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले १-० को अग्रता बनाएको छ ।
पहिलो टी-ट्वान्टी खेल भने वर्षाका कारण रद्ध गरिएको थियो । टी-ट्वान्टीपछि पाकिस्तानले टेस्ट क्रिकेट खेल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६ १२:४०
प्रतिक्रिया दिनुहोस्