site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मोदीको आलोचना गर्ने लेखकको कार्ड रद्ध
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । लेखक तथा पत्रकार आतिश अली तासीरको ओभरसिज सिटिजन अफ इण्डिया (ओसीआई) पर्सन अफ इण्डियन ओरिजन (पीआइओ)कार्ड दिने विषयलाई लिएर विवाद उत्पन्न भएको छ । भारतले उनको ओसीआई कार्ड रद्ध गरिदिएको छ । गृहमन्त्रालयले यसको लागि उनको योग्यता पूरा नभएको दाबी गरेको छ । तर, आतीशले आफूलाई जवाफका लागि पर्याप्त समय नदिइएको जनाएका छन् ।

ओसीआई कार्ड भारतीय मूलका विदेशीलाई भारत आउन तथा काम गर्नका लागि दिने गरिन्छ । उसलाई मत दिने वा संवैधाननिक पद पद प्राप्त गर्ने जस्ता कुनै पनि अधिकार भने हुन्न । भारतीय मूलका मानिस (पीआइओ)लाई ओसीआई (विदेशमा रहने भारतीय) कार्ड दिने गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आतिश अली तासीरका पिता सलमान तासीर पाकिस्तानका उदारवादी नेता थिए । सलमानलाई उनका अंगरक्षकले पाकिस्तानमा ईश निन्दा कानुनको खिलाफ बोल्दा गोली हानेको थियो । तासीरकी आमा भारतकी चल्तापुर्जा पत्रकार तवलीन सिंह हुन् । 

अंग्रेजी न्यूज वेसाइट ‘द प्रिन्ट’ले आफ्नो एक स्टोरीमा जनाए अनुसार टाइम म्यागेजिनमा मोदीको आलोचना गरेका कारण उनको कार्ड रद्ध गरिएको हो । आतिशले अमेरिकाको प्रतिष्ठित पत्रिका टाइममा यो वर्ष को मे महिनाको अंकमा भारतका प्रधानमन्त्री मोदीको बारेमा लेख लेखेको थिए । २० मेको अंकमा अन्तर्राष्ट्रिय संस्करणको कभर पेजमा छापिएको लेखको शीर्षकमा नरेन्द्र मोदीको तस्विरको साथ ‘महाविभानजनकारी’ लेखिएको थियो । सो लेखका बारेमा भारतमा निकै विवाद भएको थियो । तर, गृह मन्त्रालयले भने द प्रिन्टमा  निस्केको सामग्रीमा आपत्ति जनाएको छ । (बीबीसी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC