लण्डनमा ट्रक भित्र भेटिएका ३९ वटै शव भियतनामका नागरिकको भएको खुलासा

लण्डनमा ट्रक भित्र भेटिएका ३९ वटै शव भियतनामका नागरिकको भएको खुलासा

लण्डन । बेलायतमा एउटा ट्रकमा भेटिएका रहस्यमय ३९ शवको औपचारिक पहिचान भएको प्रहरीले जनाएको छ । उनीहरु सबै भियतनामी नागरिक रहेको प्रहरीको भनाइ छ ।

बेलायतको इसेक्सका प्रहरीले शवको पहिचानको लागि भियतनामी अधिकारीहरुसँग कुरा गरिरहेको जनाएको छ । २३ अक्टोबरको दिन ३१ पुरुष र ८ महिलाको शव इसेक्समा एउटा ट्रक भित्र भेटिएको थियो । मृतकको नाम सार्वजनिक गर्नुभन्दा अघि उनीहरुका परिवारका सदस्यलाई जानकारी गराइने प्रहरीले जनाएको छ ।

मृतकहरु भियतनामको हाइफोन्ग, हइ डुओङ्ग, नघे अन, हा तिन्ह, क्वाङ्ग बिन्ह र हु प्रान्तका भएको जनाइएको छ । सो ट्रकका चालक गिरफतार गरिएका छन् । मानव तस्करीको विषयलाई लिएर भियतनाममा पनि ११ व्यक्ति पक्राउ परेका छन् ।

यस अघि ती नागरिक चिनियाँ नागरिक हुन सक्ने बताइएकोमा भितनामी परिवारका तर्फबाट बेलायती प्रहरीमा आफन्त हराएको भनेर परेको आवेदनको छानबिन गर्दै जाँदा प्रहरीले उनीहरु भियतनामी भएको पत्ता लगाएको हो । 
(बीबीसी)
 

प्रतिकृया दिनुहोस
ad