ट्विटरका पूर्वकर्मचारीलाई साउदी सरकारको लागि जासुसी गरेको अभियोग

ट्विटरका पूर्वकर्मचारीलाई साउदी सरकारको लागि जासुसी गरेको अभियोग

वाशिङटन । ट्विटरका दुई पूर्व कर्मचारीलाई साउदी अरेबियाको लागि जासुसी गरेको अभियोग लागेको छ । सो सम्बन्धी अभियोग सान फ्रान्सिस्कोमा बुधबार दर्ता गरिएको हो ।  उनीहरुले साउदी सरकारको आलोचकहरुको बारेमा जानकारी गराउने गरेको जनाइएको छ । अदालतको कागजातमा उनीहरुको नाम अहमद अबोउम्मो अमेरिकी नागरिक र अली अल्जाबारह साउदी नागरिक भएको जनाइएको छ ।  तेस्रो व्यक्ति साउदी नागरिक अहमद अल्मुताइरीलाई पनि जासुुसीको आरोप लागेको छ । 

अल्मुताइरीमाथि ट्विटरका कर्मचारी र साउदी सरकारी कर्मचारीबीच संयोजनको भूमिका निर्वाह गरेको आरोप लागेको छ । अहमद अबोउआम्मोलाई हिरासतमा पठाइएको छ । सो विषयमा अर्को सुनुवाई भोलि शुक्रबार हुने जनाइएको छ । (बीबीसी)
 

प्रतिकृया दिनुहोस
ad