site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु
Sarbottam CementSarbottam Cement

जुम्ला । सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । 

मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासी बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लाका प्रहरी उपरीक्षक सरत न्यौपानेले बताए । सशस्त्र प्रहरी निरीक्षक थापा दैलेख जिल्ला नारायणी नगरपालिका–८ निवासी हुन् ।

‘निरीक्षक थापा मङ्गलबार राम्रोसँग ड्युटी भ्याएर खाना खाएर सकुशल सुतेका थिए । आज बिहान एक्कासि बेहोस भएको थाहा पाएपछि उपचार गर्न लगेका हौँ । तर बचाउन सफल भएनौँ”, उपरीक्षक न्यौपानेले भने, “डाक्टरका अनुसार हृदयाघातका कारण मृत्यु भएको आशङ्का छ ।”

Global Ime bank

अब परिवारसँग खबर गरेर गाडी वा अन्य सवारीसाधनमा उनकै जिल्ला पठाएर कानूनी प्रक्रियाअनुसार दाहसंस्कार गरिने पनि उपरीक्षक न्यौपानेले बताए । मृतक थापा एक वर्षदेखि जुम्लामा बसेर सेवा गर्दै आएका थिए । - रासस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC