site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
थाइल्यान्डमा भएको आक्रमणमा परी प्रहरीसहित १५ जनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

दक्षिणी थाइल्यान्डस्थित सुरक्षा चेकपोइन्टमा भएको आक्रमणमा परी कम्तिमा पनि १५ जनाको ज्यान गएको छ । सैनिक प्रवक्ताका अनुसार ज्यान गुमाउनेहरुमा प्रहरी अधिकारी र केही ग्रामिण सुरक्षा स्वयंसेवक रहेका छन् । 

मंगलबार भएको उक्त आक्रमण यस वर्षकै सबभन्दा दुखद घटना भएको बताइएको छ । यसअघिको पृथकतावादी अभियानका क्रममा भने हजारौंले ज्यान गुमाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

आक्रमणकारीहरुले यल प्रान्तमा विस्फोटक पदार्थको समेत प्रयोग गरेको र उद्धारकर्मीलाई ढिलो होस् भन्नका लागि सडकसमेत अवरुद्ध गरेका थिए । 

सैनिक प्रवक्ता कर्णेल प्रामोट प्रोमले बुधबार भने, "१२ जनाको घटनास्थलमै ज्यान गएको थियो भने दुईजनाको मंगलबार अस्पतालमा र एकजनाको बुधबार बिहान  ज्यान गएको थियो । उक्त आक्रमणमा परी अन्य पाँच जना घाइते भएका छन् ।" 

Global Ime bank

उनले समाचार संस्था एएफपीलाई बताएअनुसार आक्रमणकारीहरले उक्त सुरक्षा चेकपोइन्टबाट एम-१६ राइफल र केही सटगनहरु समेत लगेका छन् । 

उक्त घटनाको कसैले पनि अहिलेसम्म जिम्मा लिएका छैनन् । 

प्रधानमन्त्री प्रायुत चान-ओ-चाले उक्त आक्रमणमा संलग्नलाई कानुनी कठघरामा ल्याइने बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC