site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘महँगो गाडी चढ्नेले आफैं उत्पादन नगरेसम्म व्यापार घाटा कायम रहन्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन् । मन्त्री यादवले आफ्नै पुँजी र सीपको प्रयोग गरेर देशले आफैं उत्पादन नगरेसम्म मुलुकमा व्यापार घाटा कायमै रहने प्रष्टयाएका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले राष्ट्र निर्माणका लागि आवश्यक पुँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढ्न सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौं,” मन्त्री यादवले भने, “सहकार्य गर्नतिर बढी कोसिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पुँजी पनि हुन्छ ।” उनले बाह्य पुँजी र प्रविधि भित्र्याउन सकिने बताउँदै बढि जोड आन्तरिक पुँजी र प्रविधि दिनुपर्ने बताए । यादवले भने, “आन्तरिक पुँजी र प्रविधि परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिन्छ ।”

मन्त्री यादवले देश भित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भईरहेको पनि स्पष्ट पारेका छन् । सबैभन्दा महंगो गाडी चढने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापार घाटा भईरहने तर्क उनको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC