site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
जनताको ज्यानै लिने सरकारी उपेक्षा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालमा हुने गरेका ठूला सडक दुर्घटना राज्यको ‘सामन्ती सोच’को प्रतिफल हो भन्दा आश्चर्य लाग्न सक्छ । त्यसमाथि सामाजिक परम्परा जोगाउन राखिएका जनताका गुठीलाई समेत ‘सामन्ती संस्कारको अवशेष’ ठान्ने कम्युनिस्टहरूले राज गरेका बेला सरकारी नीति र व्यवहार कसरी सामन्ती होला र भन्ने प्रश्न पनि उठ्न सक्छ । परन्तु, यथार्थ त्यही हो — यी दुर्घटनाहरू सामान्य नागरिकको जीवनलाई महत्त्वहीन ठान्ने राज्य संयन्त्रका अधिकारीहरूको सामन्ती सोचकै परिणाम हुन् । गत आइतवार १८ भन्दा बढीको ज्यान गएको सुकुटेलगायत प्रायः ठूला बस दुर्घटना नियमनको अभावमा भएका छन् । बसको क्षमताभन्दा धेरै यात्रु बोक्न नदिएको भए सम्भवतः सुकुटे दुर्घटना हुने थिएन । यस्तै अरू धेरै दुर्घटनाको विवरण हेर्दा प्रहरी वा अन्य कुनै नियामक निकायले बेलैमा ध्यान दिएको भए टार्न सकिने देखिन्छ । 

यात्रुवाहक सवारी साधनमा राज्यले यात्रुको सुरक्षा र सुविधामा विशेष ध्यान दिनु पथ्र्यो । तर, रात्री बसहरूमा दुई जना चालक राख्नुपर्ने देखि क्षमताभन्दा बढी यात्रु चडाउन नदिनेसम्मका यात्रुको सुरक्षा र सुविधाका लागि बनाइएका नियम लागु गराउन सरकारले पटक्कै ध्यान दिएको छैन । सडक यातायातलाई सिन्डिकेटहरूले मात्र हैन प्रहरीले पनि दोहन गर्ने साधन र माध्यमका रूपमा प्रयोग गर्दै आएका छन् । सुकुटेमा दुर्घटना भएको बसको क्षमता ४० जना यात्रुको भए पनि ७० भन्दा बढीले यात्रा गरिरहेका प्रत्यक्षदर्शीहरूले बताएका छन् । यसरी क्षमताभन्दा दोब्बर यात्रु बोकेको बस बाटामा पर्ने तीनवटा प्रहरी चौकीबाट बेरोकटोक आएको रहेछ । यतिबाट सिद्ध हुन्छ — सरकारको आँखामा बसमा यात्रा गर्ने जनसाधारणको जीवन मूल्यहीन छ । यसैले जनताको जिन्दगी नै संकटमा पर्ने अवस्थामा समेत पनि प्रहरीले वास्तै गरेन । यसरी जनताको जीवन जोखिममा पर्छ भन्ने जान्दाजान्दै पनि बेवास्ता गर्नेलाई दुर्घटनाका लागि दोषी ठहर नगर्दासम्म प्रहरी संयन्त्र नागरिकको सुरक्षाप्रति सजग हुनेछैन ।   

जनसाधारणको उपेक्षा र कथित ‘विशिष्ट व्यक्ति’हरूलाई दिइने महत्त्व नै सामन्ती संस्कारको परिचायक हो ।  सरकारले ‘विशिष्ट व्यक्ति’ ठानेकाहरूको आवागमनमा अवरोध नआओस् भनेर राजधानीको केही किलोमिटर चिल्ला सडकमा समेत सयौं सुरक्षाकर्मी तैनाथ गरेको हुन्छ । तर, राजमार्गमा सयौं किलोमिटर सडकको यात्रा गर्दा पनि धेरैजसो सुरक्षाकर्मी नै देखिँदैनन् । प्राविधिक दृष्टिले सवारी साधन चलाउनै नमिल्ने सडकमा समेत यात्रुवाहक गाडीहरू चलाउने गरिन्छ । त्यसमाथि रेखदेख र नियन्त्रण भगवानको भरोसामा छाडिएको हुन्छ । अनि, ठूला र डरलाग्दा सडक दुर्घटना हुने धेरै ज्यानधनको खती हुनु के अनौठो भयो र ? यात्रुको सुरक्षा र सुविधामा यातायात व्यवसायीले मात्रै पनि ध्यान दिए दुर्घटना टार्न सकिने रहेछ । काठमाडौंबाट पोखरा र चितवन चलाइने डिलक्स भनिने आरामदायी बसहरूको दुर्घटना लगभग दुर्घटना मुक्त रहेको छन् । यसैले सरकारले पहिले जनसाधारणको जीवन पनि ‘विशिष्ट’ भनिएकाहरूकै जत्तिको महत्त्वपूर्ण हुन्छ भन्ने स्वीकार गर्नु आवश्यक छ । सडक यातायातमा यात्रुहरूको सुरक्षा र सुविधालाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्छ भन्ने मान्यता स्वीकार गरेपछि नियमन र व्यवस्थापनका सबै नीति नियम तथा अभ्यासमा तदनुरूप परिवर्तन भइहाल्छ । सामान्य यात्रुको जीवन पनि उत्तिकै मूल्यवान् र महत्त्वपूर्ण हुन्छ भन्ने सरकारले आत्मसात् गरे यस्ता दुर्घटनालाई अवश्यंभावी नियति बन्नेछैनन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC