राजनीति
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातै प्रदेशका प्रमुखको नाम टुङ्गो लगाएको छ ।
सोमबार बसेको पार्टी सचिवालय बैठकले विष्णु प्रसाईं, शर्मिला त्रिपाठी, धर्मनाथ यादव, अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार र गोविन्द कलौनीलाई प्रदेश प्रमुख बनाउन सिफारिस गर्ने निर्णय गरेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए । व्यक्तिको नाम टुङ्गिए पनि कसलाई कुन प्रदेशको प्रमुख बनाउने निर्णय भने मन्त्रिपरिषदले गर्नेछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६ १३:४०
प्रतिक्रिया दिनुहोस्