site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मृगौलाले राम्रो काम गरेन, प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौलाले राम्रोसँग काम नगरेको बताएका छन् । पार्टीको शनिबार (आज) बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले मृगौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस र प्रत्यारोपण विकल्प भएको बताएका थिए । “मृगौलाले राम्रोसँग काम गर्न नसकेपछि शरीरमा पानी, क्रेटिनिन, युरिनजस्ता पदार्थको मात्रा बढेको छ । अब नियमित डायलासिस अथवा प्रत्यारोपण विकल्प छ, अहिलेचाहिँ नियमित डायलासिस नै गर्ने उहाँको कुरा छ,” प्रधानमन्त्रीले स्वास्थ्यका बारेमा गरेको ब्रिफ्रिङ सचिवालय सदस्य झलनाथ खनालले उद्धृत गरे ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले केही रिपोर्ट आउन बाँकी रहेकाले नियमित डायलासिस अथवा प्रत्यारोपणको विकल्प रोजिने बताएका जानकारी दिए । खनालका अनुसार प्रधानमन्त्रीले नियमित डायलासिस नै गराउने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीको गत बुधबार ग्राण्डीमा पहिलो चरणको डायलासिस गरिएको थियो । बिहीबार दोस्रो चरणको डायलासिस गरिएपछि शनिबार या आइतबार तेस्रो चरणको डायलासिस गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

१३ वर्षअघि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री त्यसयता नियमितजस्तो स्वास्थ्य जाँच गराइरहेका छन् । दुई महिनाअघि पनि प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार भएको थियो । प्लाज्मा फेरिससको माध्यमबाट शरीरमा जम्मा भएको एन्टीबडी नष्ट गरेर २० भदौमा फर्किएका थिए । 

Global Ime bank

उमेदवार भोलि तोकिने

नेकपाले आइतबारमात्रै उमेदवारको टुङ्गो लगाउने खनालले जानकारी दिए । मङ्सिर १४ गतेको उपनिर्वाचनका लागि तलबाट आएका सिफारिस अध्ययन सुरू भएको बताउँदै आइतबार निर्णय लिने प्रवक्ता श्रेष्ठको भनाइ थियो । १ प्रतिनिधिसभा, ३ प्रदेशसभा, १ उपमहानगरपालिका, ३ गाउँपालिका, अध्यक्ष, १ उपाध्यक्ष, ४३ वडाध्यक्ष सहित ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC