site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भेरीका गाउँघर 
Ghorahi CementGhorahi Cement

भेरीका गाउँघर 
(नियात्रा: पूर्णप्रकाश नेपाल यात्री)
पछिल्लो समय नियात्रा लेखनको क्रम बढ्दो छ । प्रकाशनकै हिसाबले हेर्ने हो भने पनि अनुमान गर्न सकिन्छ, नियात्रा अथवा यात्रा संस्मरणका पुस्तक लेखन क्रम ह्वात्तै बढको देखिन्छ । 

यसबीच पुराना एवम् चर्चित साहित्यकार पूर्णप्रकाश नेपाल यात्रीद्वारा लिखित नियात्रा–सङ्ग्रह ‘भेरीका गाउँघर’ बजारमा आएको छ । जसमा भेरीका विभिन्न स्थानका यात्रा अनुभव लेखकले प्रस्तुत गरेका छन् ।

यसअघि पनि यात्रीका ‘मेरो मुक्तिनाथ यात्रा’, ‘सेतीको नालिबेली’, ‘काशीपुरी परिदर्शन’, ‘नियात्राको नौलो सुसेली’ र ‘राराको सौंराइ’ नियात्रा–सङ्ग्रह प्रकाशनमा आइसकेका छन् ।

Agni Group

साहित्यकार यात्रीको यस पुस्तकमा कूल सात वटा क्षेत्रको नियात्रा समावेश छ । भेरीमा पहिलो पल्ट र दोस्रो पल्ट शीर्षकमा दुई नियात्रा, जाजरकोटी साता, दैलेखी गाउँ, ज्वालाक्षेत्र परिदर्शन, सुर्खेतको सेरोफेरो र बर्दियाका केही सम्झनाहरू शीर्षकमा भेरी क्षेत्रका विभिन्न स्थानको सामाजिक र सांस्कृतिक परिवेश प्रस्तुत गरिएको छ ।

साथै, पुस्तकमा ‘नियात्राका रोचक प्रसङ्ग’ शीर्षकमा एउटा पठनीय सामग्री पनि प्रस्तुत छ । जसमा त्यस क्षेत्रमा रहेको थरको नाम, स्थानीय समाजको पूर्वाधार, समाज र संस्कृतिको मौलिक स्वरूपका विषयमा उल्लेख छ ।

Global Ime bank

पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रका लागि रत्न पुस्तक भण्डारद्वारा प्रकाशित १९० पृष्ठको यस पुस्तकको मूल्य २९५ रुपैयाँ राखिएको छ ।

सुन्दरीचोक
(निबन्ध: ज्ञानेन्द्र विवश)
नेपाली ललितकलाका विविध विषयहरूमाथि समीक्षात्मक लेख लेख्दै आएका ज्ञानेन्द्र विवश निबन्धकार पनि हुन् । उनका विभिन्न कृतिहरू प्रकाशनमा आइसकेका छन् । उनको ‘सुन्दरीचोक’ अगाडि नै पाँच वटा निबन्ध कृति प्रकाशित भइसकेको छ भने तीन वटा नियात्रा–सङ्ग्रह, व्यक्तिवृत्त–सङ्ग्रह, संस्कृतिका विषयमा लेखिएका पुस्तक तथा कविता–सङ्ग्रह प्रकाशन भइसकेको छ । 

पछिल्लो समयमा उनको प्रकाशित निबन्ध–सङ्ग्रह हो ‘सुन्दरीचोक’, जसमा नेपाली समाज, संस्कृति, कला र जीवनसँग गाँसिएका विविध इन्द्रेणी पढ्न सकिन्छ ।  निबन्धकार विवशको यस कृतिमा कूल ३० वटा निबन्ध समेटिएको छ, जसले सुन्दरीचोकको विषयमा पनि बोलेको छ, सङ्गीतसँग पनि साक्षात्कार गरेको छ । नेपाली ललितकलाका बारेमा पनि उल्लेख गरिएको छ भने, महानगरको कुरा पनि उठाइएको छ । अर्थात्, विविध रङ्ग छ, विवशको ‘सुन्दरीचोक’मा ।

यो पुस्तक बराहापोखरी प्रकाशनका लागि विवश स्वयम्द्वारा प्रकाशन गरिएको छ । 

सदावहार कमलको सुवास 
(स्मृति ग्रन्थ: सम्पादक– सन्ध्या रेग्मी)
कमलराज रेग्मी नेपाली समाजमा राम्रै परिचित पात्र हुन् । उनको राजनीतिको सङ्घर्षपूर्ण यात्रा, उनको निष्ठा तथा इमानदारिताको चर्चा अहिले पनि हुँदै आएको छ । पूर्वाद्र्धमा कम्युनिस्ट चेतका साथ राजनीतिक यात्रामा होमिएका कमलराजले पञ्चायतकालीन समयमा सत्ताको राजनीतिको मार्ग समाए ।

उनै राजनीतिज्ञ कमलराज रेग्मीका बारेमा विभिन्न व्यक्तिले व्यक्त गरेका भावना तथा दृष्टिकोण समेटेर तयार पारिएको पुस्तक हो ‘सदावहार कमलको सुवास’ । यो पुस्तक कमलराजकी सुपुत्री कलाकार सन्ध्या रेग्मीको सम्पादनमा प्रकाशित भएको छ ।

यस पुस्तकमा दिवङ्गत राजनीतिज्ञ कमलराजका विषयमा लेखिएका विविध सामग्री प्रस्तुत छन् । रेग्मीका बारेमा लेखिएका ६५ वटा लेख यस पुस्तकमा समावेश गरिएको छ । जसमा प्राडा अभि सुवेदी, प्राडा जयकृष्ण पाठक, डा. शङ्करप्रसाद गैरे, शारदा खनाल, गुणाकर अर्याल, अरविन्द रिमाल, मोहनविक्रम सिंह, नारायण शर्मा गजुरेल, हरिबहादुर थापा, विष्णु प्रभात, भद्रकुमारी घले, दाहाल यज्ञनिधि, प्राडा सुरेन्द्र केसी, भिक्षु कोण्डन्य महास्थविर, डा. नेत्र एटम, डा. रजनी ढकाल, दीर्घराज प्रसाईं, प्राडा अमृतबहादुर कार्की, डा. प्रकाशराज रेग्मीलगायतका लेखहरू संलग्न छन् ।

पुस्तकमा कमलराजले लेखेका केही आलेख पनि राखिएका छन् । पुस्तकमा राजनीतिज्ञ तथा लेखक कमलराज रेग्मीका बारेमा राम्रो जानकारी पाउन सकिन्छ । 

बुद्ध शान्ति फाउन्डेसनका लागि सन्ध्या रेग्मीद्वारा प्रकाशित ३५० पृष्ठको यस पुस्तकको मूल्य ३०० रुपैयाँ राखिएको छ ।

मध्यधार
(कथा–सङ्ग्रह: सञ्जु बजगाईं)
कथाकार सञ्जु बजगाईंको अर्को कथा–सङ्ग्रह हो, ‘मध्यधार’ । एक दशकअघिदेखि कथा साहित्यमा सक्रिय रहेकी सञ्जुको दोस्रो कथा–सङ्ग्रहका रुपमा प्रकाशित पुस्तक हो यो । 

उनको पहिलो कथा–सङ्ग्रह समुद्र र सपना थियो । त्यसको केही वर्षपछि आएको ‘मध्यधार’मा कथाकार सञ्जु बजगाईंले आफ्ना कथामार्फत् वैदेशिक जीवन र उताको समाजलाई उतार्ने काम गरेकी छन् । यस सङ्ग्रहमा १५ वटा कथा सङ्गृहित छ । 

दोभान प्रकाशनद्वारा प्रकाशित १५० पृष्ठको यस पुस्तकको मूल्य ३०० रुपैयाँ राखिएको छ ।

निहारिका
(उपन्यास: प्रकाश तिवारी)
लेखक प्रकाश तिवारी नेपाली साहित्यको विविध विधामा कलम चलाउँदै आएका सर्जक हुन् । हालै प्रकाशित भई बजारमा आएको उपन्यास ‘निहारिका’ उनको तेस्रो उपन्यास हो । 

‘निहारिका’ उपन्यासमा उनले नेपालमा दलित समुदायको पीडा र तिनको सङ्घर्ष कथालाई औपन्यासिक पृष्ठभूमिका साथ प्रस्तुत गरेका छन् । यस उपन्यासमा उनले मानसरोवरदेखि अरब सागरसम्मको भूगोल र दुई प्रेमी–प्रेमिकाबीचको अन्तर्जातीय सम्बन्ध र त्यसले सिर्जना गरेको परिस्थितिलाई उजागर गरेका छन् ।

इन्डिगो इन्क प्रा.लि.ले प्रकाशनमा ल्याएको २४६ पृष्ठको यस उपन्यासको मूल्य २९९ रुपैयाँ राखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC