site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सूचना लुकाउन खोजियो भने अडकलवाजी सुरु हुन्छ । यस्तो अडकलवाजी प्रायः नकारात्मक हुन्छ । सूचनाको खडेरीमा भ्रमको बीउ हुर्कछ । यसै पनि सूचना प्रविधिको विकासका कारण एक्काइसौं शताब्दीमा सार्वजनिक महत्त्वको सूचना बिरलै लुकाउन सकिन्छ । लुकाउन खोजेको सूचना सार्वजनिक हुँदा प्रत्युत्पादक बन्न सक्छ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यसम्बन्धी सूचना पनि लुकाउन खोज्दा प्रत्युत्पादक भएकोे छ । प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी हुन् भन्ने नेपाली जनताले थाहा पाएका छन् । मिर्गौला प्रत्यारोपण गरेका बिरामीको स्वास्थ्य यदाकदा जटिल हुनसक्छ । त्यस्तो अवस्थामा सबैले उपलब्ध र पहुँचभित्रको उत्तम उपचार गराउँछन् र यसलाई अस्वाभाविक मानिदैन । प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा उपचार गराउनु पनि यस्तै सामान्य र स्वाभाविक घटना हो । 

अस्वाभाविक त उनको उपचारको यथार्थ लुकाउने प्रयास हो । त्यो प्रधानमन्त्री ओलीको निर्देशनमा नभएको पनि हुनसक्छ । प्रधानमन्त्री ओलीको हालै सिंगापुरमा मिर्गौलाकै जटिल उपचार गरिएको थियो । त्यसपछि पनि उनको उपचार भइरहेकै छ । यस क्रममा उनी अस्पतालमा गइरहनु पर्ने हुनसक्छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था पक्कै पनि सार्वजनिक चासोको विषय हो । त्यसैले प्रधानमन्त्री ओलीको सचिवालयले उनको स्वाथ्य स्थितिका सम्बन्धमा नियमितरूपमै सार्वजनिक जानकारी गराउने व्यवस्था गर्नु जरुरी छ । अहिलेसम्म विशिष्ट व्यक्तिहरूको स्वास्थ्य अवस्थाका सम्बन्धमा कस्तो सूचना, कसरी, कहिले र कस्ले दिने भन्ने विषयमा स्पष्ट कार्यविधि पनि नहुनसक्छ । त्यसैले विवादमा पर्नबाट जोगिन प्रधानमन्त्रीका प्रेस सल्लाहकारलगायत चिकित्सकहरू पन्छिन खोजेको हुनसक्छ । एक्काइसौं शताब्दीको लोकतान्त्रिक समाजमा सूचना लुकाउन खोज्नु जोखिमपूर्ण हुन्छ भन्ने प्रधानमन्त्रीको सचिवालयको बुझ्नु आवश्यक छ । 

सूचना नदिने वा दिन नखोज्ने प्रवृत्तिले भ्रम फैलाउन सक्छ भन्ने त यसैपटक पनि देखिइसकेको छ । अनावश्यक हल्ला फैलन नदिन राष्ट्रपति र प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको सूचना नियमितरूपमा सार्वजनिक गर्ने परिपाटी नै बनाउनु उचित हुने देखिन्छ । त्यसका लागि कस्तो सूचना, कुन माध्यमबाट, कस्ले र कहिले सार्वजनिक गर्ने भन्ने स्पष्ट कार्यविधि नै निर्माण गरे हुन्छ । सूचना विज्ञ र चिकित्सकहरू रहेको समूहले स्पष्ट सूचना सार्वजनिक गर्ने गरेमा व्यक्ति विशेषले कोपभाजन हुने डर पनि मान्नुपर्ने छैन । यसो गरिएमा अडकलवाजहरूले भ्रम फैलाउन पनि सक्नेछैनन् । नियमित उपचार गराउँदैमा प्रधानमन्त्री ओली आफ्नो कार्यसम्पादन गर्न असमर्थ छन् वा हुन्छन् भन्ने पक्कै पनि हैन । मात्रामा फरकमात्र हो विगत १२ वर्षदेखि नै उनले उपचार त गराउँदै आएका छन् । सूचना लुकाउन खोजे बरु जनतामा त्यस्तो सन्देश जानसक्छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थासम्बन्धमा भ्रम फैलाउन खोज्नेहरूलाई परास्त गर्न पनि सही सूचना नियमितरूपमा सार्वजनिक गर्नुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC