site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘तिजमा दर खाँदा रक्सी चाहिन्छ’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । पछिल्लो एक दशक यता तिजका गीत भड्किला हुँदै गएको गुनासो चौतर्फी आइरहेको छ । विभिन्न सार्वजनिक मञ्चहरुमा हिन्दु संस्कारसँग जोडिएको तिजका गीत भड्किलो हुनुहुँदैन भनेर चर्का बहस भएपनि व्यवहारमा त्यसलाई उतार्न भने कोही पनि तयार छैनन् ।  
व्यवसायिकताका नाममा सस्तो लोकप्रियताका लागि यस्ता गीतहरु गाउने प्रचलन बढ्दै गएको छ । कोमल ओली, ज्याती मगर, पशुपति शर्मा लगायतका चर्चित कलाकारहरुलाई यस्तो आरोप लाग्ने गरेको छ । तर, उनीहरु भने यसलाई स्वीकार्न तयार छैनन् । 
समाजमा भैरहेको संस्कार र संस्कृतिलाई नै आफूहरुले टपक्क टिपेर जस्ताको तस्तै गाएको उनीहरूको तर्क छ । 
यसैक्रममा यही महिना कोमल ओलीले पुशपति शर्माको शब्दमा ‘पोइ चाहियो भनेर गीत गाउने लास्टै चोटी हो’ भनेर गीत सार्वजनिक गरिन् । शिव भगवान सँग ‘पोइ’ बर माग्दै ओलीले तीजका गीत सार्वजनिक गर्दै आएकी छन् ।  
गतवर्ष ‘ढाडे बिरालो’ बोलको गीतमा मोडलिङ गरेर चर्चा र विवादमा ज्योती मगरले यो साल निकाल्ने गीत पनि विवादरहित होला जस्तो देखिँदैन । उनको गीतमा तीजमा दर खाँदा रक्सी चाहिन्छ भन्ने शब्द समेटेकी छन् । उनको यो गीत अहिले सार्वजनिक भइनसके पनि  रेकर्डिङ र छायांकन भने भइसकेको छ । ज्योतीले यही साता यो गीत सार्वजनिक गर्दैछिन् । 
उनको गीतको शब्द यस्तो छः  
भन्दिन म यो तिजमा सुनको वाला चाहिन्छ
आफूलाई त यो तिजमा दर खाँदा पनि रक्सी चाहिन्छ
तिजको पार्टी गरेर डिजेलाई डाकिन्छ
छम छम नाचिन्छ डिस्को बिटमा कम्मर भाँचिन्छ ।
तस्बिर सौजन्यः वर्षा शाह
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC