site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

निर्वाचन आयोगले बेलैमा रोकेन भने आगामी चुनावका सत्ताको दुरुपयोग हुने लक्षण देखिन थालेको छ । विभिन्न तहका रिक्त स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने गरी निर्वाचन आयोगले कार्यक्रम प्रकाशित गरिसकेको छ । यही क्रममा कात्तिक ८ गतेदेखि नै उपचुनाव हुने क्षेत्रमा निर्वाचन आचार संहिता लागु हुने घोषणा पनि भइसकेको छ । तर, अध्यक्ष पद रिक्त रहेको महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा आयोजित कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसहित मन्त्रीहरूको उपस्थिति आचार संहिता उल्लंघन तथा सरकारी साधनस्रोतको दुरुपयोग हो । शुभकामना आदानप्रदानका लागि आयोजित सभामा उपस्थित मन्त्रीहरूले मत मागे भने सडक छिटै बनाइदिने आश्वासन पनि दिए । 

पहिलो त सरकारी साधन प्रयोग गरेर चुनाव हुन लागेको क्षेत्रमा जानु नैै आचार संहिताको उल्लंघन हो । मन्त्रीहरूमात्र हैन सत्तारुढ दलका अध्यक्ष पनि सरकारी सवारी साधन र सुरक्षाकर्मी लिएर हिँड्छन् । यसैले उनीहरूले आचार संहिताको हेक्का राख्नै पर्छ । सरकार बनेको यतिका समयसम्म पिपराको सडकको चिन्ता नभएका सत्तारुढ नेकपाका अध्यक्षले चुनावको मुखमा सडक बनाउन अनशन बस्छु भनेको सुन्दा त्यहाँका जनताले पक्कै पत्याएनन् होला । तर, जनतालाई लोभ्याउन सरकारले तत्काल कुनै घोषणा गर्नसक्छ । यस प्रकारको अभ्यासले निर्वाचन स्वच्छ र स्वतन्त्र हुनसक्तैन । यसैले निर्वाचन आचार संहिता बनाउन र लागु गर्नु परेको हो । परन्तु, सत्तारुढ दलका नेताहरूले आचार संहिताको उल्लंघन अहिले नै गरिसके भने चुनाव नजिकिँदै जाँदा यसले कति भयावहरूप लिने हो अनुमान गर्न पनि कठिन हुन्छ ।

आचार संहिता कार्यान्वयन गर्नैका लागि निर्वाचन आयोगले उजुरी पर्खेर बस्ने वा सत्तारुढ दल र विपक्षबीच भेदभाव गर्ने वा आँखा चिम्लने हो भने चुनाव स्वतन्त्र र निष्पक्ष हुनसक्तैन । निर्वाचन आयोग निस्क्रिय बस्नुको चुनावमा आयोगले नै धाँधलीको बाटो खोलिदिनु हो । यसैले नयाँ प्रमुख आयुक्तको नियुक्तिपछि हुन लागेको यस उपनिर्वाचनले नेपालको लोकतन्त्र मासिन्छ कि बलियो हुन्छ भन्ने पनि किटान गर्नेछ । वर्तमान प्रमुख आयुक्त सरकारी सेवामा रहँदा सत्तारुढ नेकपाका केही नेता निकट मानिन्थे । संवैधानिक जिम्मेवारी लिएपछि पनि उनको निकटता कायमै रह्यो र व्यवहारमा देखियो भने त्यो दुर्भाग्य हुनेछ । यसैले पिपरामा भएको आचार संहिता उल्लंघनको घटना निर्वाचन आयोग र प्रमुख आयुक्तको ‘अग्निपरीक्षा’ हो । सत्तारुढ नेकपाका अध्यक्षले आचार संहिता उल्लंघन गर्दा आयोग मौन रह्यो भने अरूले पनि आँट गर्नेछन् । त्यस अवस्थामा अरूका विरुद्ध कुनै कारबाही गर्ने नैतिक अधिकार आयोगको हुनेछैन । यसैले पिपरामा भएको आचार संहिता उल्लंघनमा नेकपाका अध्यक्ष र उपस्थित मन्त्रीहरूमाथि कारबाही गरेर निर्वाचन आयोगले आफ्नो निष्पक्षता र स्वतन्त्रताको पुष्टि गरोस् र उपनिर्वाचन स्वच्छ र स्वतन्त्र हुने सुनिश्चित गरोस् ।       

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC