site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 विमानस्थलको नारावाजी !
Ghorahi CementGhorahi Cement

केही दिन पहिले म्यान्मार र जापानको भ्रमणमा जाने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी निवासबाट विमानस्थलसम्म हेलिकप्टरमा गइन् । जनतालाई सास्ती हुनेगरी सडक बन्द भएन । कसैकसैले खर्चको प्रश्न उठाएर हेलिकप्टर यात्राको आलोचना गरे पनि जनतालाई सास्ती नदिएकोमा धेरैले राष्ट्रपतिको अभ्यासको सराहना नै गरे । प्रधानमन्त्री केपी ओली विदेशबाट फर्कने क्रममा विमानस्थल बन्द गरिँदा भने विमानस्थलमै विरोध भयो । विशेषगरी आन्तरिक उडानका यात्रुहरूले उनीहरूको विमान धेरै बेर रोकेर राखिएकोमा विरोध प्रकट गरे । उडानका लागि तयार भइसकेपछि रोकिएको विमानबाट यात्रुहरू ओर्लेर नारावाजी गरे । विमानस्थलमा सामान्यतः नहुने घटना भयो । यसभन्दा पहिले यसरी विमानस्थलमै नारावाजी हुनेगरेको थिएन । यसैले ‘अतिविशिष्ट’ व्यक्तिको भ्रमणका अवसरमा ‘नोटाम’ जारी गर्ने अभ्यासमा पुनर्विचार हुनु जरुरी देखिन्छ । 

लोकतान्त्रिक संस्कृति निर्माणका लागि परम्परागत थोत्रा चलन हटाउन थाल्नुपर्छ । एक्काइसौं शताब्दीमा पनि जनतालाई असुविधा हुने वा राज्यको ढुकुटीमा बोझ पर्ने अनावश्यक रुढी पछ्याइरहनु बुद्धिमानी हैन । तर, नेपालमा भने गणतन्त्र संस्थागत भएपछि पनि राजाका पालका अमिल्दा चलन पनि कायमै राखिएका छन् । राष्ट्रपतिले शाह राजाका ईष्ट देवताको समेत पर्वको अवसर पारेर दर्शन गर्न जाने यस्तै अमिल्दो चलन हो । राजकीय सान देखाउने रहरमा राष्ट्रपति राजाका धार्मिक उत्तराधिकारी हैनन् भन्ने यथार्थ नै बिर्सिएको देखिन्छ । राष्ट्रपतिले शाह राजाहरूले गर्दैआएका सबै धार्मिक अनुष्ठानमा सहभागी हुनु जरुरी थिएन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको हवाइ यात्राका क्रममा ‘नोटाम’ जारी गरेर विमानस्थल नै बन्द गर्ने प्रथा पनि यस्तै अनावश्यक अनुकरण हो ।    

Agni Group

लोकतन्त्रमा जनता र विशिष्ट भनिने सरकारी पदाधिकारीहरूबीच कुनै पनि प्रकारको भेद सडकमात्र हैन आकाशमा पनि गरिनु हुँदैन । जनताभन्दा शासकहरू विशिष्ट हुन् भन्ने देखाउन यस्ता चलन चलाइएको हुनुपर्छ । सामन्ती शासन व्यवस्थामा जनतालाई हैकममा राख्न यस्ता तामझाम आवश्यक पनि थिए होलान् । यस्तै, विदेशमा विशिष्ट व्यक्तिका विशेष वायुयान अवतरण गर्ने अलग्गै विमानस्थलसमेत छन् । तिनको अभ्यास देखाएर एउटा साँगुरो विमानस्थल घन्टौं बन्द गराउनु पक्कै पनि बुद्धिमानी हैन । यसरी जनतालाई सास्ती हुनेगरी यात्रा गर्न अतिविशिष्ट व्यक्तिहरूलाई पनि रहर नहुनु पर्ने हो । जेहोस्, एउटैमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले पनि हामीले ‘नोटाम’ जारी नगर्ने अभ्यास अपनाउनुपर्छ । यस्तै फजिती भइरह्यो र नेपाली यात्रुजस्तै विदेशी यात्रुले पनि विमानस्थलमै नारावाजी गर्ने अवस्था उत्पन्न भयो भने त्यसको अत्यन्त नराम्रो सन्देश प्रवाह हुनेछ । महत्त्वाकांक्षी भ्रमण वर्षमा यसको प्रभाव पर्न नदिन पनि बेलैमा सजग हुनुपर्छ । यसैले ‘नोटाम’ जारी गर्ने प्रचलन बन्द गराउन हवाइयात्राका तालुुकमन्त्रीले ध्यान दिनु उचित हुनेछ । नोटाम जारी गर्नु अन्तर्राष्ट्रिय प्रचलन होला तर अपरिहार्य त पक्कै हैन । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले सुरक्षा निकायलाई सकेसम्म व्यावहारिक नीति अपनाउन आदेश हुनु आवश्यक देखिन्छ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC