site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

तिहार सद्भाव, स्नेह र समृद्धिको पर्व हो । धार्मिकभन्दा बढी सांस्कृतिकरूप धारण गरिसकेको यस पर्वमा लक्ष्मीको पूजामात्र  वैभवको प्रदर्शन गर्ने पनि चलन छ । त्यसो त र पक्षीको पूजा गरेर तिहारलाई नेपालीले विशेषरूपमा मनाउँछन् । स्थानीय संस्कृतिको प्रभावले हुनुपर्छ भारतका भन्दा नेपाली हिन्दुहरू बढी प्रकृतिपूजक छन् । पाँच दिनसम्म मनाइने तिहारमा काग, कुकुर, गाई, गोरु र भाइको पूजा गरिन्छ । नेवार समुदायमा  त तिहारमै आत्मपूजा (ह्म) पनि  गरिन्छ । यही पर्वमा धनकी देवी मानिने लक्ष्मीको पनि पूजा गरिन्छ । लक्ष्मीको पूजा गर्दा वैभवको कामना राखिन्छ । वैभव वा समृछि प्राप्तिका लागि राज्यले अपनाउने उपाय वा मार्ग नै विकास ढाँचा हो । 

समृद्धिको अर्थ सापेक्ष हुन्छ । कसैका लागि समृद्धि देखिने अवस्था वा वस्तु अरूका लागि न्यूनतम आवश्यकता हुनसक्छ । यसैले समाज सापेक्ष आधारभूत आवश्यकता सजिलै पूरा भए समृद्धिको संघारमा पुगिन्छ भन्नु अत्युक्ति हुँदैन । नेपाली समाजका लागि समृद्धिको परिभाषा स्पष्ट गरिएको छैन । सरकार अहिले ठूला चिल्ला सडक, सहरमा झिलिमिली बिजुली, झिल्के भ्युटावर आदि इत्यादिलाई समृद्धिको पर्याय साबित गर्न व्यस्त छ । विकासको यो दिगो नहुने ढाँचाका विरुद्ध आवाज उठाउने वा औचित्य खोज्नेलाई शासक र तिनका मतियारहरू ‘विकास विरोधी’को संज्ञा दिन हिँचकिचाउँदैनन् । यद्यपि, संसारभर अपनाइएको विकासको यो ढाँचालाई पृथ्वीको भारवहन क्षमताले धान्न नसक्ने प्रक्षेपण गरिएको पनि करिब आधा शताब्दी भइसक्यो । विडम्बना, नेपालले अहिले पनि विकासको त्यही दिगो नहुने ढाँचा नै आत्मसात् गरेको छ ।

विकास शब्दको अर्थ फूलजस्तै गरी बिस्तारै फक्रनु भन्ने हुन्छ । तर, हामी रातारात बलजफ्ती कुनै काम गरेर वा गराएर विकास भएको ठान्छौँ । खुला दिसामुक्त राष्ट्रको घोषणाले सरकारको विकासको परिभाषा र दृष्टिकोणको प्रतिनिधित्व गर्छ । सबैलाई थाहा छ घरमा चर्पी नहुने परिवारको संख्या नेपालमा ठूलै छ । तिनलाई पुग्ने गरी राज्यले सार्वजनिक शौचालय बनाएको छैन । यसैले अहिले पनि लाखौं नेपालीहरू खुलामै दिसा गर्न विवश छन् । तर, अब राज्य नै खुला दिसामुक्त घोषित भएकाले शौचालय अभावको समस्या राज्यको अभिलेखबाटै हटाइनेछ । अहिलेको समृद्धिको ढाँचा अर्को धर्को तानेर हैन लामो धर्को मेटर छोटो बनाउने शैलीको छ । तिहार मनाउन पनि नेपालीले फूलका मालादेखि फलफूलसम्म सबै सामग्री विदेशबाट आयात गर्नुपर्छ । यसरी मनाइने पर्वले राज्य र समाजलाई समृद्ध बनाउँदैन । विसं २०७६ सालको तिहार त खोक्रो समृद्धिको प्रदर्शनमै बित्यो । आगामी दिनमा सही अर्थको सबैलाई समेट्ने समृद्धितर्फ मुलुक अग्रसर होस् । 
सबै नेपालीलाई समृद्धिको शुभकामना ! 
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC