site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सभ्य समाज र मुलुकमा हुँदो हो त विद्यालयको बार्दली भत्केर ४२ जना विद्यार्थी घाइते भएको घटनालाई निकै गम्भीरतापूर्वक लिइन्थ्यो । नेपालमा भने यति ठूलो र महत्त्वपूर्ण घटनाले मूलधारमा छापामा खासै महत्त्व पाएन । अभिभावकलगायत समुदायले पनि  विद्यालय प्रशासनलाई जिम्मेवार बनाउने मागसमेत गरेको सुनिएको छैन । सञ्चार माध्यम र समाजले खासै महत्त्व नदिएपछि सरकारलाई त झन् हाई सन्चो हुने नै भयो । यसैले नै काठमाडौंको तारकेश्वर नगरपालिकाको धर्मस्थलीमा पर्ने विद्या निकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको बार्दली खसेर बुधवार ४२ जना बालबालिका घाइते भएको घटनामा समेत शिक्षा मन्त्रालयले कुनै औपचारिक प्रतिक्रिया प्रकट नगरेको हुनुपर्छ ।

दुर्घटना भएका बेला बालबालिका फुटवल खेल हेर्न विद्यालयको बार्दलीमा जम्मा भएका थिए । बालबालिका जम्मा भएको बार्दली भत्केर घाइते भएका ४२ बालबालिकामध्ये एक जना सख्त घाइते भएको बताइएको छ । अरु स्थानीय अस्पतालमा उपचारपछि घर फर्केका छन् । विद्यालयका संस्थापकले बार्दली करिब नौ फिट अल्को भएको जानकारी सञ्चार माध्यमलाई दिएका छन् । यो दुर्घटनाको प्रकृति हेर्दा विद्यालय भवनको निर्माण र बालबालिकाको रेखदेख दुवैमा विद्यालय व्यवस्थापनले हेलचेक्य्राइँ गरेको देखिन्छ । यसैले यो प्राकृतिक वा आकस्मिक दुर्घटना नभई मानव सिर्जित घटना हो । सम्बन्धित विद्यालय प्रशासन यस हेलचेक्य्राइँका लागि सजायको भागीदार हुनुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बालबालिकाको बोझ धान्न नसक्ने गरी विद्यालय भवन बनाउनु नै सबैभन्दा ठूलो बदमासी हो । बार्दली कमजोर थियो भने बालबालिकालाई त्यसरी एकै ठाउँमा जम्मा हुन दिनु हुँदैनथियो । यसले गर्दा विद्या निकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको सञ्चालक र विद्यालयका शिक्षक सबै नै यस घटनामा दोषी छन् । सरकारको सम्बन्धित अंगले यस विद्यालयमाथि हेलचेक्य्राइँ गरेर बालबालिकाको ज्यान जोखिममा पारेबापत कानुनबमोजिम कारबाही गरोस् । साथै, धर्मस्थलीको यस दुर्घटनाले हाम्रा विद्यालयहरुको भौतिक अवस्था र शिक्षकहरुको गैरजिम्मेवार प्रवृत्ति दुवैको पोल खोलेको छ । संघीय शिक्षा मन्त्रालयले यस घटनाबाट शिक्षा लिएर सबै विद्यालयको भौतिक अवस्थाको परीक्षण गराउनुपर्छ । निजी विद्यालय सञ्चालन गरिएका स्थानको भौतिक अवस्था ढुक्क हुनसकिने प्रकार छैनन् । तिनको विशेष परीक्षण गर्नुपर्छ । 

स्थानीय तहलाई विद्यालयको भौतिक अवस्थाको निरीक्षण गरी प्रतिवेदन तयार गर्न लगाउने र तिनले प्राथमिकता दिने हो भने महिना दिनभित्र मोटामोटी प्रतिवेदन तयार हुनसक्छ । त्यसपछि सार्वजनिक विद्यालयहरु जोखिमपूर्ण भए तिनको भौतिक अवस्था सुधारका लागि सहयोग गर्नुपर्छ । निजी विद्यालयको अवस्था कमजोर देखिएमा अवधि तोकी निर्माण गर्न र त्यतिन्जेल बालबालिका धरापमा नपर्ने सुनिश्चित गर्नुपर्छ । विद्यार्थीको बोझ धान्न नसक्ने ठाउँमा विद्यालय चलाउन वा विद्यार्थीलाई जान दिनु प्रकारान्तरले बालबालिकालाई धराप थाप्नुजस्तै हो । यस्तो गैरजिम्मेवार र अपराधपूर्ण कार्य सह्य हुनुहुँदैन । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC