site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 मान्छेलाई डोजरले हान्‍ने क्रूरता
Ghorahi CementGhorahi Cement

जमिन भत्काउने दैत्याकार मेसिन एस्काभेटर (डोजर)को दाँतले मान्छेलाई हान्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । पीडित घाइतेको उपचार भइरहेको छ । प्रहरीले डोजर चालकमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको समाचार छ । सडक खनेरै छाड्ने डोजर धनी र त्यस ठाउँबाट सडक बनाउन नदिने स्थानीय बासिन्दाबीचको विवादमा बैतडीको दशरथचन्द नगरपालिका–९ मा मान्छेलाई जानजान डोजरले हान्ने नृशंश अपराध गरिएको हो । स्थानीयले चर्को विरोध गर्दागर्दै डोजर चलाउन तम्सिनु अपराधी प्रवृत्ति नै हो । यसै पनि, बेरोजगारी अझ आंशिक बेरोजगारी उच्च भएको नेपालमा पहिलो त यो ‘डोजरे विकास’को संस्कृति आत्मघाती जो हुनपुगेको छ । क्रूरताको पराकाष्ठा देखिने यस घटनाका दुष्ट पात्रहरूलाई धिक्कार छ ! 

स्थानीय जनताले विरोध गर्दागर्दै डोजरधनी किन र कसरी त्यस्ता जघन्य अपराधको कारक बन्न तयार भए भन्ने विषयमा भने सायद बैतडीदेखि काठमाडौंसम्म पनि छलफल हुनेछैन । स्थानीय राजनीतिक दलका नेता र प्रशासकहरूको ध्यान पनि सम्भवतः घटना सामसुम पार्नमा केन्द्रित हुनेछ । किनभने घटनामा संलग्न दुष्ट प्रकृतिका डोजर चालक र उनलाई उक्साउने डोजर मालिक दुवै राज्यले अपनाएको ‘डोजरे विकास’का मानसपुत्र हुन् । सत्तारुढ दलका नेताहरूसँगको निकटताले डोजर चालकलाई मैमत्त बनायो । अरूको बारीमा बलजफ्ती डोजर चलाउने आँट सत्ताको आड नपाई कसैले पनि गर्न सक्तैन । जे परे पनि टर्ने नठानेका भए ती चलकले पनि मान्छे अगाडि आएपछि पनि डोजर चलाइरहने आँट गर्ने थिएनन् । यसैले बैतडीको यो दुःखद र निन्दनीय घटना काठमाडौंकै साधनको पवित्रतामा विश्वास नगर्ने चिन्तनको उपज हो । 

Agni Group

डोजर धनीलाई बाटो बनाउनेभन्दा सायद डोजरलाई काममा लगाउने लोभ बढी थियो । यही कारणले उनले चालकलाई मान्छेलाई हान्न पनि तम्सन उक्साएको हुनुपर्छ । यसैले यो घटना चालकले आवेगमा गराएको भन्न मिल्ने देखिन्न । राजनीतिक गर्नेहरू धेरैले डोजर किनेर भाडामा लगाउने गर्दैआएकाले यो आत्मघाती संस्कारलाई स्थानीय तहहरूले समेत अपनाएका छन् । यसैले पहिले ठूला आयोजनाबाहेक अरूमा डोजर प्रयोग गर्न नदिने नीति सरकारले कडाइका साथ अपनाओस् । रह्यो, बैतडी घटनाका अभियुक्तहरूमाथिको कारबाही प्रहरीले चालकलाई पक्राउ गरेको समाचार छ । डोजर मालिक नै चालकको क्रूरताका कारक भएकाले निजमाथि पनि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्छ । यस्ता नृशंश प्रकृतिका घटनामा प्रहरीले राजनीतिक दबाबमा अपराधीलाई उम्कायो भने त्यसपछि हुने अपराधका लागि प्रहरी स्वयं नैतिकरूपमा दोषी ठहरिनेछ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC