site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 भित्रिदै सीमा नाकाबाट पटका
Sarbottam CementSarbottam Cement

पर्सा । हिन्दूहरुको महानचाड दसैं सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् । 

नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रोनगढ, कचौर्वालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफनो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको छ । 
    
कयारियरवालाहरुले भारतको रक्सौललगायतका भारतीय बजारबाट ती पटका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पुर्‍याएरबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पुर्‍याएबापत अधिकत्तम २०० सय प्रतिशतसम्म लिने गरेको वीरगञ्जस्थित मीनाबजारमा भेटिएका एक तस्करले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।
    
ती कयारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न समान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको बताएका छन् । 

अति प्रज्वलनशील पदार्थको रुपमा रहेको पटका नेपाल भित्रिने गरेको बारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीहरुले भेटाएसम्म पटका भने समात्ने गरेको दाबी गर्दै आएका छन् खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन जीप, कार, टागाजस्ता गाडीमा पटका लुकाइछिपाई ल्याउने गरेको देखिन्छ । - रासस
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC