site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसका १६ जनाकै नाम केन्द्रमा सिफारिस गर्ने निर्णय
Ghorahi CementGhorahi Cement

पोखरा । उमेदवारको आकांक्षा र क्षेत्रीय कार्यसमितिले सहमति जुटाउन नसक्दा मंसिर १४ मा हुने उपनिर्वाचनको लागि कास्की कांग्रेसले १६ जनाकै नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । जुन कांग्रेस केन्द्रीय कार्यसमितिले गरेको परिपत्र भन्दा पाँच गुणाभन्दा बढी हो । कास्की २ मा रिक्त प्रतिनिधीसभाको उपनिर्वाचन आउन अब एक महिना बाँकी छ भने, निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक समेत गरिसकेको छ ।

निर्वाचन मिति नजिकिँदै जाँदा कांग्रेसमा फेरि पुरानै परम्परा दोहोरिएको छ । आकांक्षीहरु धेरै भएपछि केन्द्रको परिपत्रलाई बेवास्ता गर्दै बढी उमेदवार सिफारिस भएका छन् ।
उमेदवार सिफारिसको जिम्मा क्षेत्रीय कार्यसमितिलाई छ । उमेदवारको टुंगो लगाउने केन्द्रले बढीमा तीनजनासम्मको नाम पठाउन भनेको थियो । तर, क्षेत्रीय कार्यसमितिको बैठकमा १६ जनाले आकांक्षा देखाएपछि कार्यसमिति नै विभाजित हुन पुग्यो ।

सुरुमा नै क्षेत्रीय समितिले आकांक्षीहरुलाई १० हजार रुपैयाँ बुझाएर मनोनयनपत्र दर्ता गर्ने फाराम खोल्यो । क्षेत्रीय सभापति माधव बास्तोलाका अनुसार यो उपक्रममा १६ जना आकांक्षीहरुले १० हजार तिरेरै फाराम भरे । फाराम भर्नेहरुबीचबाट तीन जना छान्न पटक-पटक बैठक बस्यो । 

Agni Group

तर, बैठकले कुनै निर्णय निकाल्न सकेन । क्षेत्रीय कार्यसमिति बैठकमा सदस्यहरु दुई खेमामा विभाजित भए । ३९ कार्यसमिति सदस्य मध्ये २१ जनाले देवराज चालिसेलाई नै उम्मेदवार बनाउन लिखित सुझाव दिएपछि बाँकी सदस्यहरुले भने फरक मत राखे ।

सभापति बास्तोला बाहेक बहुसंख्यक सदस्यहरु देवराजको पक्षमा उभिएपछि बाँकी ११ जना आकांक्षीहरु पनि ताते । उनीहरुले पनि उमेदवारका दाबेदार १६ जनाकै नाम क्षेत्रीय समितिले जिल्ला समितिलाई सिफारिस गर्नुपर्ने मागसहित अर्को निवेदन हाले । आइतबार साँझसम्म चलेको यो दोहोरीबीच सोमबार पनि क्षेत्रीय समितिको बैठक बस्यो । मिलाउने प्रयत्न पनि गरियो तर क्षेत्रीय समिति नै विभाजित भएपछि निर्णय गर्ने कुरै भएन ।

Global Ime bank

क्षेत्रीय समितिले सोमबारसम्मको बैठकबाट पनि कुनै निर्णय लिन नसकेपछि मंगलबार जिल्ला कार्यसमिति बैठकमा पनि छलफल भयो ।

जिल्लालाई सिफारिसको अख्तियारी छैन् । क्षेत्रले नै सिफारिस गरेका उमेदवार जिल्लाले केन्द्रलाई सिफारिस गर्ने हो । “क्षेत्रले नै नसकेपछि, जिल्लालाई त कुनै अधिकार नै छैन्, आजको बैठकले क्षेत्रको सिफारिसलाई नै हुबहु पठाउने निर्णय गरेको छ,” कास्की कांग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए ।

अघिल्लो चुनावमा तत्कालीन एमालेबाट उम्मेदवार बनेका रवीन्द्र अधिकारी ८ हजार ५ सय ४६ मतान्तरले विजयी हुँदा कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । रवीन्द्रको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमेपछि सो क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेसबाट खेमराज पौडल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्य, देवराज चालिसे, माधव बास्तोला ‘मधु’, महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्कीसहित वीरेन्द्रनारायण विजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषीले पनि उमेदवार बन्ने आकांक्षा देखाएका छन् । यसैगरी कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेसहित खेमकुमारी बराल, रंगिला आचार्य र विमला भण्डारी टिकट फुत्काउने दौडमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC