site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बैतडी डोजर काण्ड : नगरपालिकालाई नै थाहा नदिई कसले चलायो डोजर ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–९मा गौरी जोशीलाई लडाउने डोजर चालक पक्राउ परेका छन् । बाटो नबनाउन अनुरोध गर्न पुगेकी जोशीलाई डोजरको बकेट (खन्ने भाग)ले लडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो बाहिरिएपछि प्रहरीले तदारूकता देखाएको हो ।

बाटो खन्ने क्रममा डोजरको बकेटले जोशीलाई हिर्काएर गम्भीर घाइते बनाउने चालक केशव बोहोरालाई पक्राउ गरी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

“आफ्नो जग्गाबाट सडक निर्माण नगर्न अनुरोध गर्न गएकी गौरीलाई बकेटले हिर्काएर गम्भीर घाइते बनाउने डोजर चालक केशव बोहोरालाई हामीले नियन्त्रणमा लिएर अदालतमा प्रस्तुत गर्दैछौं । अदालत लगेपछि के कसुरमा मुद्दा अभियोजन गर्ने भन्ने टुङ्गो लाग्छ,” जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

देहीमाण्डौ जोड्ने सडक निर्माणका क्रममा ग्वाल्लेकका स्थानीयबीच विवाद भएको थियो । “बाटो खन्न लागेको जग्गा गुठीको भएकाले हामीले सबैको मञ्जुरी चाहिने बताएका थियौं,” गौरीका श्रीमान् जगदीश जोशीले बाह्रखरीसँग भने, “हामी १६ घर गुठियारले नगरपालिका, प्रशासनलाई निवेदन पनि दिएका थियौं । गुठीको जग्गा भाग नलगाएकाले कहाँबाट बाटो लाने भनेर अन्योल पनि थियो । तर डोजर मालिक भवानीदत्त जोशी आफैं डोजर लिएर बाटो खन्न थाले । उनी पल्ला गाउँ (देहीमाण्डौ)का हुन् ।”

उनले पटकपटक भवानीदत्त जोशीसहितका छिमेकी गाउँका मानिसहरूलाई भन्दा पनि नसुनेको र जबरजस्ती गर्न खोजेपछि रोकिएको बताए ।

Global Ime bank

“हिजो पनि मेरी श्रीमतीसहित पीडितहरू डोजर रोक्न गएका थिए । जग्गा नै नासिने भएपछि रोक्न जानैपर्यो । तर, उनीहरूले हाम्रा कुरा सुनेनन् । डोजर चालक ज्यान मार्ने उद्देश्यले प्रस्तुत भए । श्रीमती सख्त घाइते छिन् । उनको धनगढीमा उपचार सम्भव भएन । अहिले नेपालगञ्ज जाँदैछु । थाहा छैन, त्यहाँ पनि उपचार हुन्छ कि हुँदैन,” जोशीले भने ।

नगरपालिकालाई थाहा नै छैन !

डोजरले पल्टाएर गौरीलाई सख्त घाइते बनाएको दृष्य आफूहरूले भिडियोमा हेरेर थाहा पाएको बताउँछन्, दशरथ चन्द नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्मा ।

“दुई–तीन महिनाअघि ग्वाल्लेकका स्थानीयबासी सडक बनाउन रोकिदिनुपर्यो, हाम्रो घरखेत उखेलिने भयो भन्दै आउनुभएको थियो,” शर्मा भन्छन्, “हामीले छलफल गरे गर्नुहोला, अहिले बाटो नखन्नूहोस्, माथिबाट अर्को बाटो छँदैछ, तलबाट अर्को खोल्नुपर्ने तत्काल आवश्यक पनि छैन भन्यौं ।”

तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले अटेर गरेर प्रदेश सरकारबाट बजेट मिलाएर बाटो खनेको उनको भनाइ छ । “यो बाटो नगरपालिकाको योजनामा पनि थिएन । नगरसँग सम्झौता पनि भएको छैन । खै उहाँहरूले कसरी बजेट ल्याउनुभयो । त्यहाँको वडाध्यक्ष हरिशचन्द्र जोशीलाई पनि थाहा छैन,” उनी भन्छन् ।

वडाध्यक्ष दुर्घटनामा परेर धनगढीमा उपचार गराइरहेकाले उनले आफूलाई केही थाहा नभएको र घटना भएको मात्रै सुनेको बताए । “दुई गाउँको विवाद हो । केही समयपहिल्यै दुवै पक्ष राखेर कुरा गर्न खोजिएको पनि हो,” उनले भने । 

जिल्ला प्रहरी कार्यालयले डोजरले ७ जनालाई घाइते बनाएको र दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दियो ।

भिडियोः एभेन्यूज टिभी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC