site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
के हो विवाद ‘भद्रगोल’ र ‘सक्किगोनि’को ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ विरुद्ध प्रहरीमा उजुरी परेको छ । मिडिया हबले आफ्नो क्यारेक्टर चोरी गरेको आरोप लगाउँदै उजुरी दिएको हो । 

मिडिया हबले ‘सक्किगोनि’को प्रस्तुतकर्ता जेपिटी क्रिएशन विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएको हो । कपिराइट हुुँदै मिडिया हबको उजुरी प्रहरीमा पुगेपछि भद्रगोलका निर्देशक तथा कलाकार प्रहरी परिसर टेकुु समेत पुगेका थिए । 

हास्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग भएर गएको अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीसहितको टोलीले भद्रगोलमा रहँदाका क्यारेक्टर ‘सक्किगोनि’मा पनि प्रयोग गरेको भन्दै मिडिया हबका प्रमुख सोमप्रसाद धितालले प्रहरीमा उजुरी दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रहरीले आइतबार खबर गरेपछि हामी प्रहरी परिसर टेकु पुगेका थियौं,” सक्किगोनिका निर्देशकसमेत रहेका अर्जुन घिमिरेले बाह्रखरीसँग भने, “फेरि शुक्रकबार बिहान ११ बजेका लागि प्रहरीले बोलाएको छ ।” शुक्रबार प्रहरीले दुबै पक्षलाई बोलाएको छ । 

अर्जुनले दुई वर्षका लागि मात्र आफूहरुको सम्झौता रहेकाले आफ्नो पात्र र प्रस्तुतिको सर्वाधिकार आफैँमा रहेको दाबी गरे । “दुई वर्षको सम्झौता रहेकै बेला हामी बाहिर गएर यही क्यारेक्टरमा काम गरेको भए मिडिया हबले प्रश्नचिन्ह उठाउन सक्थ्यो । हामी सम्झौता अवधि सकिएपछि निस्किएका हौं,” अर्जुन भन्छन्, “त्यसैले यसमा हाम्रो कमजोरी छैन । मिडिया हब र हामीबीच भएको सम्झौता हेर्न पनि सकिन्छ ।” 

Global Ime bank

तत्कालीन ‘भद्रगोल’का कलाकारहरुको जिपिटी क्रिएशन र मिडिया हबबीच भएको सम्झौताको बुँदा नम्बर १३ मा ‘भद्रगोलको कन्टेन र भद्रगोल भित्रको सम्पूर्ण पात्रहरुको चरित्रको प्रतिलिपी अधिकार दोश्रो पक्ष (जेपिटी क्रिएशन)मा निहित रहने’ र करार अवधी २०७६ असारसम्म रहने उल्लेख छ । 

घिमिरेले आफूहरुले अरुको कपिराइटमा दाबी नगरेको र अरुलाई दुःख दिन पनि नचाहेको स्पष्ट पारे । “हामी कानुनी रुपले गलत छैनौं, त्यसैले हामीलाई डर छैन,” उनले भने, “हामीले जन्माएको चरित्र हामीसँगै हुन्छ । हाम्रो सम्पत्ति हुन्छ । मिडिया हबमा काम गरेकै भरमा सबै क्यारेक्टर मिडिया हबकै हुने भए केदार घिमिरेको ‘माग्ने बुढा’ र विल्सन विक्रम राईको ‘तक्मे बुढा’को क्यारेक्टर पनि उहाँहरुले गर्न नपाउनु हुने भयो ।” 

यता मिडिया हबका प्रमुख सोम धिताल भने ‘भद्रगोल’सँग सम्झौता गर्नुभन्दा अगाडि नै उक्त चरित्र रहेकाले त्यसको कपिराइट आफूसँग रहेको दाबी गर्दै आएका छन् । “सम्झौता गरिसकेपछि जन्मिएका क्यारेक्टर जेपिटी क्रिएशनकै हो । त्यसमा मेरो दाबी छैन र रहने पनि छैन । तर सम्झौता गर्नुभन्दा अगाडिका पात्रमा मेरो कपिराइट लाग्छ । मैले गरेको दाबी पनि त्यही नै हो,” सोमले बाह्रखरीसँग भने, “सम्झौता भइसकेपछि उहाँहरुले पाँडेको ठाउँमा साँढे भन्ने पात्र जन्माउनु भयो भने त्यो उहाँहरुकै हो । तर सम्झौता भन्दा अगाडिका चरित्र र थेगोको कपिराइट मसँग छ ।” 

उनले जेपिटी क्रिएशन, नेपाल टेलिभिजन, ओएसआर डिजिटल तथा स्वयम् कलाकारलाई समेत भेटेर आफूले कपिराइटबारे सम्झाए पनि सुनुवाई नभएको बताए । ‘सक्किगोनी’मा चरित्र, थेगोदेखि शैलीसम्म चोरिनु गलत भएको उनको भनाइ छ । मुद्दा जित्नका लागि बलियो प्रमाणसहितको कागजात बनाउने क्रममा रहेको उनले बताए । “अदालत जानु परेको अवस्थामा मुद्दा कसरी जित्ने भन्ने डकुमेन्ट खोजिरहेका छौं,” उनले भने । 

मिडिया हबबाट बाहिरिएपछि अर्जुन र कुमारले जेपिटी क्रिएशनको प्रस्तुतिका रुपमा भद्रगोलकै पात्र र प्रस्तुति शैलीमा ‘सक्किगोनि’ निर्माण तथा प्रशारण गर्दै आएका छन् । ‘सक्किगोनि’का पाँचवटा श्रृंखला प्रशारण भइसकेको छ । ‘सक्किगोनि’को लेखन तथा निर्देशन अर्जुन घिमिरे र कुमार कट्टेलले गर्दै आएका छन् । 

अर्जुन र कुमार बाहिरिएपछि ‘भद्रगोल’ को लेखन तथा निर्देशन ज्योती काफ्ले र अशोक धितालले गर्दै आएका छन् । ‘सक्किगोनि’ पहिलो श्रृंखलाबाटै लोकप्रिय भइसकेको छ भने अधिकांश पुराना कलाकारले छोडेपछि ‘भद्रगोल’को लोकप्रियता खस्किएको छ । 

“यही देशमा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन ? हातमा हत्कडी नै लगाएर थुनिदिनुस् !,” दुई दिन अगाडि अर्जुनले आफ्नो फेसबुक पेजमा लेखेका थिए । फेसबुक पेजमा सक्किगोनिका पक्षमा कलाकारहरुले आफ्नो विचार राखेका छन् । 

“कलाकारको श्रृजनामाथि अंकुश लगाउनु हुँदैन । यदि कलाकारले अर्को चलचित्र वा टेलिचलचित्रमा नयाँ भूमिका मात्र गर्न पाउने नजिर बस्यो भने यो गलत हुनेछ,” केदार घिमिरे माग्ने बुढाले लेखेका छन्, “यद्यपि मैले यसलाई दुई मिडिया एजेन्सीबीचको जुँगाको लडाईंका रुपमा बुझेको छु । साँढेको जुधाई बाच्छाको मिचाई नहोस् । सर्जकले न्याय पाऊन् ।” 

सक्किगोनिका पक्षमा बद्री पङ्गेनी लेख्छन्, “स्रष्टा सर्जकको सृजना माथि पैसा हाबी हुन कुनै पनि मूल्यमा हुँदैन । सक्किगोनि टेलिसिरियलका पात्रहरुलाई जुन अप्ठ््यारो परेको छ, त्यसलाई न्यायोचित ढङ्गले समाधान गरिनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC