site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रुसी लडाकू विमान फेरि दक्षिण कोरियाली क्षेत्रमा 
Ghorahi CementGhorahi Cement

रुसी लडाकू विमान दक्षिण कोरियाली हवाइ क्षेत्रमा प्रवेश गरेको पछि दक्षिण कोरियाले पनि लडाकू विमान उडाएको बताएको छ । मंगलबार रुसी लडाकू विमानले दक्षिण कोरियाली हवाइ क्षेत्रमा प्रवेश गर्दै कोरियाली हवाइ रक्षा क्षेत्रको उल्लंघन गरेको दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ । 

छ घण्टाको अवधिमा छवटा रुसी लडाकू विमान कोरियाली हवाइ प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताइएको छ । सियोलस्थित सैनिक मुख्यालयका उपप्रमुखले भने, "मंगलबार बिहान ९:२३ बजेदेखि रुसी लडाकू विमान कोरियाली हवाइ प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेका थिए ।" 

Agni Group

यसवर्ष रुसी सैन्य विमानले कोरियाली हवाइ रक्षा क्षेत्रमा २० औं पटक प्रवेश गरेको दक्षिण कोरियाली सैन्य कार्यालयले जनाएको छ । "हामीले तत्कालै हाम्रो लडाकू विमान पठाएर उनीहरुको निगरानी गरेका थियौं र तत्कालै चेतावनीको सन्देश प्रसारण गरेका थियौं," दक्षिण कोरियाली सैन्य उपप्रमुखले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

तर, सियोलस्थित रुसी दूतावासले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यसअघि जुलाईमा पनि रुसी बमवर्षक विमानहरुले दक्षिण कोरियाली हवाइ सैन्य क्षेत्रको उल्लंघन गरेपछि दक्षिण कोरियाले सयौं चेतावनीपूर्ण प्रहार गरेको थियो । 

Global Ime bank

त्यसबेला रुसले चीनसँगको लामोदूरीको संयुक्त हवाइ गस्ती गरेको बताएको थियो ।  तर, मंगलबार भने कुनै चेतावनीपूर्ण प्रहार भने गरिएन । 

रोयटर्स

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC