site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली र देउवाको सहमतिमा संवैधानिक परिषद्को बैठक स्थगित
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको सहमतिमा संवैधानिक परिषदको बैठक स्थगित भएको छ । सत्तारुढ दल र प्रतिपक्षी दलबीचको सहमतिमै द्वन्द्वकालीन मुद्दाहरू समाधान गर्ने र ऐन निर्माण टुंगोमा पुर्याउनुपर्ने सभापति देउवाको प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक देखिएपछि मंगलबारका लागि बोलाइएको परिषद् बैठक स्थगित भएको हो ।

बूढानीलकण्ठस्थित आप्mनै निवासमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न मंगलबार बिहान बोलाइएको पदाधिकारी बैठक चलिरहेका बेला सभापति देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर परिषद् बैठकअघि सत्ता र प्रतिपक्षको धारणा सहमतिमै बनाउनुपर्नेमा जोड दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“छलफल चलिरहेकै बेला सभापति र प्रधानमन्त्रीबीच टेलिफोनमा सहमति गरेर अगाडि जाने विषयमा कुराकानी भएको थियो,” बूढानीलकण्ठमा भएको छलफलमा सहभागी केन्द्रीय सदस्य रमेश लेखकले भने, “फेरि प्रधानमन्त्री विदेश भ्रमणमा जाने पनि तय भएको रहेछ । उहाँ भ्रमण सकेर स्वेदश फर्किएपछि मात्रै संवैधानिक परिषद् बैठक बस्ने भएको छ ।”

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार अजरबैजानको राजधानी बाकु जान लागेका छन् । उनले सोमबार बालुवाटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवासँग सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनका बारेमा छलफल गरेका थिए ।

Global Ime bank

बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा नेताहरुका बीचमा संक्रमणकालीन न्याय, संवैधानिक परिषद् बैठक र बिहीबार बस्न लागेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकका बारेमा छलफल भएको नेता लेखकले जानकारी दिए । 

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु रमेश लेखक र डा मिनेन्द्र रिजाललगायतका नेताहरु सहभागी थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC