site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘केपी ओली र मेरो सम्बन्ध बिग्रियो भन्‍नु भ्रम’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग असमझदारी बढेको ठान्नु भ्रम भएको बताएका छन् ।

पाँचथरमा मङ्गलबार आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले भने, “तपाईंहरू के भ्रममा नपर्नूहोस् भने कहिलेकाहीँ मिडियामा आउने एक दुईवटा कुराले ठूलै केही पो छ कि भन्ने लागेको छ भने त्यो भ्रम हो । हिजोमात्रै पनि प्रधानमन्त्री र म दुई घण्टा बसेर समग्र परिस्थितिलाई कसरी लाने भनेर समीक्षा गरेका छौं । फेरि एउटा समझदारीमा अगाडि जाने सङ्कल्पसहित आएका छौं । अरू होहल्ला र प्रचारबाजीमा नलाग्न अनुरोध गर्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला भएका सहमति, समझदारी कार्यान्वयन नभएको भए पार्टी अघि बढ्न नसक्ने बताए । बाँकी सहमति पनि एकता महाधिवेशनका बेलासम्म पूरा हुने विश्वास उनको थियो ।

उनले मन्त्री हेरफेरको विषय प्रधानमन्त्री ओलीको क्षेत्राधिकार भएको स्पष्ट पारे । प्रधानमन्त्रीले चाहेको बेला मन्त्री हेरफेर, पुनःगठन हुने उनको भनाइ थियो ।

Global Ime bank

उनले थाती रहेको एकता प्रक्रिया पनि छिट्टै निष्कर्षमा पुग्ने बताए । “एकताको काम सकेर छिट्टै प्रदेश तहको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने तयारी गरिहेका छौं,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC