अर्थ व्यवसाय
काठमाडौं । मंगलबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार अघिल्लो दिन (सोमबार) प्रतितोला ७० हजार चार सय रुपैयाँ रहेको सुन आज प्रतितोला दुई सय घटेर ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७० हजार दुई र तेजावी सुन प्रतितोला ६९ हजार नौ सय रुपैयाँ कायम भएको हो । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । कात्तिक सुरु भएबाटै प्रतितोला ८ सय ५० रुपैयाँ रहेको चाँदी आज पनि सोहि मूल्य कायम रहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६ १२:५५
प्रतिक्रिया दिनुहोस्