site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस उम्मेदवार निर्विरोध वा १६ जनाकै नाम केन्द्रमा ?
Sarbottam CementSarbottam Cement

पोखरा । कास्कीमा प्रतिनिधसभा निर्वाचन हुने क्षेत्र नं. २ को कांग्रेस क्षेत्रीय कार्यसमिति ३९ जनाको छ । उपनिर्वाचनमा उम्मेदवार सिफारिस गर्ने अख्तियार पनि यही कार्यसमितिलाई छ । क्षेत्रले सिफारिस गरेपछि मात्रै जिल्लाले केन्द्रलाई सिफारिस गर्ने हो ।

कांग्रेस केन्द्रीय समितिले २ हप्ताअघि नै परिपत्र गरेर बढीमा तीन जनाको नाम सिफारिस गर्न परिपत्र गरेको छ । सोही परिपत्रअनुसार क्षेत्रले छलफल चलाए पनि १६ जना आकांक्षी हुँदा क्षेत्रले आफ्नो बुताले निर्णय गर्न सकेन । फलस्वरुप मंगलबार जिल्ला कार्यसमितिको बैठकमा १६ जनाकै नाम पठाउँदैछ । 

त्यसो त क्षेत्रीय कार्यसमितिका ३९ मध्ये २१ जना सदस्यले तत्कालीन निर्वाचनका उम्मेदवार देवराज चालिसेलाई नै उम्मेदवार बनाउनुपर्ने लिखित सुझाव दिएका छन् । चालिसे पक्षले भने ३१ जना सदस्यको साथ रहेको बताउँदै आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बाँकी सदस्यले भने १६ जनाकै नाम जिल्लामा पठाउन सुझाव दिएका छन् । कास्की कांग्रेसको आजको बैठकको छलफल भने सोही विषयमा केन्द्रित हुनेछ । क्षेत्रीय सभापति तथा उम्मेदवारका आकांक्षीसमेत रहेका माधव बास्तोलाले क्षेत्रले दुईवटा लिखित सुझाव जिल्लामा पठाएको बताए ।

सबै नाम केन्द्रमा पुगे आ–आफ्नो व्यक्तिगत बलबुताले टिकट हत्याउने दाउमा आकांक्षीहरु रहेको दोहोरो निवेदन प्रकरणबाट सहजै अनुमान लगाउन सकिन्छ ।

Global Ime bank

अघिल्लो चुनावमा तत्कालीन एमालेबाट उम्मेदवार बनेका रवीन्द्र अधिकारी ८ हजार ५ सय ४६ मतान्तरले विजयी हुँदा कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । रवीन्द्रको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमेपछि सो क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । यतिबेला तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । हिजोको मत हेर्दा नेकपासँगको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेस नै हो । अहिले नेकपा सरकार अलोकप्रिय भएको आंकलन गरिएको छ तर कांग्रेस पनि लोकप्रिय छैन ।

अघिल्लो चुनावको मतपरिणामले त्यसलाई पुष्टि गर्छ ।

सुरुमा नै क्षेत्रीय समितिले आकांक्षीहरुलाई १० हजार रुपैयाँ बुझाएर मनोनयन पत्र दर्ता गर्ने फर्म खोल्यो । क्षेत्रीय सभापति माधव बास्तोलाका अनुसार यो उपक्रममा १६ जना आकांक्षीहरुले १० हजार तिरेरै फर्म भरे ।

फर्म भर्नेहरुबीचबाट ३ जना छान्न पटक–पटक बैठक बस्यो । तर, बैठकले कुनै निर्णय निकाल्न सकेन । अध्यक्ष मधुबाहेक बहुसंख्यक सदस्यहरु देवराजको पक्षमा उभिएपछि बाँकी ११ जना आकांक्षीहरु पनि ताते । उनीहरुले पनि उम्मेवारका दाबेदार १६ जनाकै नाम क्षेत्रीय समितिले जिल्ला समितिलाई सिफारिस गर्नुपर्ने मागसहित अर्को निवेदन हाले । आइतबार साँझसम्म चलेको यो दोहोरीबीच सोमबार पनि क्षेत्रीय समितिको बैठक बस्यो । मिलाउने प्रयत्न पनि गरियो तर क्षेत्रीय समिति नै विभाजित भएपछि निर्णय गर्ने कुरै भएन ।

‘हामीकहाँ २१ जना (देवराज पक्षधरले ३१ जना भने पनि) र ११ जना उम्मेदवारको चाहना राख्नेको छुट्टाछुट्टै निवेदन पर्यो’, क्षेत्रीय सभापति बास्तोले भने,‘ अब हामी दुबै निवदेनसहितको नामावली जिल्लालाई बुझाउँदैछौँ ।’
क्षेत्रीय समिति ठोस निष्कर्षमा पुग्न नसकेपछि यो विषय जिल्लाले समेत टुंग्याउन नसक्ने देखिएको छ । जिल्ला सभापति कृष्ण केसीका अनुसार केन्द्रीय समितिले जिल्ला समितिलाई उम्मेदवार छनौटको अधिकार नै दिएको छैन । ‘हामीलाई त क्षेत्रले पठाएको निर्णय सझावसहित पठाउन केन्द्रको निर्देशन हो, हामी मंगलबार पार्टीको नियमित बैठक बस्दैछौँ’, सभापति केसीले भने, ‘नाम आए ठीकै छ, नत्र हामी ताकेता गर्छौँ ।’

कांग्रेसबाट खेमराज पौडल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्य, देवराज चालिसे, माधव बास्तोला ‘मधु’, महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्कीसहित वीरेन्द्रनारायण विजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषीले पनि उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । यसैगरी कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेसहित खेमकुमारी बराल, रंगिला आचार्य र विमला भण्डारी टिकट फुत्काउने दौडमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC