site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
निश्चलको फिल्म लेख्दै बुद्धिसागर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साहित्यकार बुद्धिसागर अहिले निर्देशक निश्चल बस्नेतले निर्देशन गर्ने चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् । निश्चलले आफूले लेख्न थालेको स्क्रिप्ट थप बलियो बन्ने अपेक्षामा बुद्धिसागरलाई लेखनका लागि जिम्मा लगाएका हुन् ।
केही समय अगाडि मात्रै बुद्धिसागरले एउटा स्क्रिप्ट लेखेका थिए । उक्त स्क्रिप्ट अर्जुनकुमारले किनेका छन् । 

निश्चलले आफैं करिब आधा लेखिसकेको स्क्रिप्ट बुद्धिसागरलाई दिएका हुन् । राम्रो स्क्रिप्ट नभएसम्म चलचित्र नबनाउने भनेर बसेका निश्चल भन्छन्, “मैले आफैँ लेख्न थालेको कथा आफैँलाई चित्त नबुझेर त्यो आइडिया मैले बुद्धिसागर दाइलाई दिएको छु ।” 

Prabhu Bank
Agni Group
NIC Asia

“बुद्धि दाइ स्वयम् साहित्यकार त्यसमा पनि फिल्म पारखी । मैले खोजेको चिज उहाँबाट आउँछ भनेर कुरा गर्दा आइडियामा कुरा नगरौं फिलोसफीमा कुरा गरौं । फिल्मको फिलोसफीमा गएर हामी कमै चलचित्र बनाउँछौं । फिलोसफी निस्कियो भने त्यसभित्र रहेर जस्तो कथा ढालेपनि भयो,” राइटिङ नै राम्रो नभएसम्म राम्रो चलचित्र बन्दैन भन्ने निश्चल अगाडि भन्छन्, “उहाँ विस्तारै लेखिरहनु भएको छ । आफूले लेख्न थालेको आधा लेखिसकेपछि मलाई नै कस्तोकस्तो लाग्यो, ठिक पनि गइरहेको छ, बेठिक पनि गइरहेको छ भन्ने लागेर उहाँलाई दिएको हुँ ।” 

बुद्धिसागरबाट पूर्णे स्क्रिप्ट आएपछि चलचित्र निर्माण सुरु गर्ने निश्चलले जाकारी दिए । तीनवटा चलचित्र निर्देशन गरेका निश्चलको पछिल्लो चलचित्र ‘लुट–२’ हो । त्यसयता उनी अरुका चलचित्रमा अभिनय गर्दै आएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  ११:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC