site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दुर्गेश भन्छन्– काम गर्ने क्रममा गल्ती भएकै हो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक दुर्गेश थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत युट्युबाट हटाउने तयारी गरेका छन् । गीतमा रहेका केही शब्द र सिन हटाएर राख्ने अथवा पूरै हटाउने त्यसबारे आफूले सोचिरहेको उनले बताए । 

“उजुरी परेपछि यसबारे गीत पूरै हटाउने अथवा करेक्सन गरेर पुनः अपलोड गर्ने भन्नेबारे सोचिरहेको छु,” दुर्गेशले बाह्रखरीसँग भने । उनले काम गर्ने क्रममा केही गल्ती भएको स्वीकार गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

“काम गर्दै जाँदा गल्ती हुँदोरहेछ, यो गीतमा पनि केही कमजोरी भयो,” दुर्गेशले भने, “युवा पुस्ताको रुची अनुसार गीत आउँदा विरोध भयो । मैले त युवा पुस्तालाई लक्षित गरेर गाएको थिएँ ।”

उनले आफूलाई प्रहरीले सोमबार उजुरी परेको भन्दै खबर गरेको पुष्टि गरे । उजुरी गर्ने व्यक्तिसँग छलफल गरेर अगाडि बढ्ने योजना रहेको उनले जानकारी दिए । “मुद्दा मामिला गरेर समय खर्चिनुभन्दा सहमति गरेर अगाडि बढ्नु नै राम्रो होला भन्ने सोचेको छु,” उनले भने । 

Global Ime bank

उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियर सँगै गाँजा लगायत शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना हुँदै आएको छ । 

तीजमा उनले निकालेको 'बीच्च बीचमा' बोलको गीत लोकप्रिय भएको थियो । उक्त गीत लोकप्रिय भएपछि अहिले प्रदर्शनमा रहेको चलचित्र ‘छ माया छपक्कै’ले सोही लय र शैलीमा प्रचारका लागि दुर्गेशलाई गीत र भिडियो बनाउन लगाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC