site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जहाँ ‘हिरो’ आमाहरुले पाउँछन् ‘गोल्ड मेडल’ र जीवनभर अतिरिक्त भत्ता
Sarbottam CementSarbottam Cement

बीबीसी । जनसङ्ख्या कम भएका अधिकांश देशमा जन्म दरलाई प्रोत्साहन गर्न विभिन्न किसिमका सेवा सुविधा र पुरस्कारको व्यवस्था गरिएको हुन्छ । तर काजकिस्तानमा भने जन्म दर उच्च राखेर ठूलो परिवार सम्हालेकामा ‘हिरो’ मानिने आमाहरुलाई मेडलले सम्मान गर्ने गरिएको छ । त्यहाँका आमाहरुले सिल्भर मेडलदेखि गोल्ड मेडलसम्म पाउने गरेका छन् भने सरकारले तिनलाई जीवनभरका लागि अतिरिक्त भत्ता समेत प्रदान गर्ने गरेको छ । 

यसमा ६ बालबालिका जन्माएर हुर्काउने आमालाई ‘सिल्भर मेडल’ दिइन्छ भने सातवटा भन्दा धेरै छोराछोरी हुनेलाई गोल्ड मेडल दिइन्छ । यता चारजना छोराछोरी पाउने आमाहरुलाई चाहिँ मेडल नदिइए पनि बच्चाहरु २१ वर्षको हुँदासम्म आर्थिक सहयोग प्रदान गरिने व्यवस्था रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा आमाहरुलाई सम्मान गर्ने यो परम्परा सोभियत युनियनको समयदेखि नै चलिआएको हो । सन् १९४४ मा १० जना छोराछोरी पाउने महान् आमाहरुका लागि भनेर यस्तो अवार्डको स्थापना गरिएको थियो । यसरी त्यो समयको तुलनामा अहिले मेडलका लागि बच्चाहरुको सङ्ख्या कम भएपनि काजकिस्तानको सरकारका लागि अझै जन्मदर उच्च राख्नु पहिलो प्राथमिकता रहेको छ । श्रम तथा सामाजिक कार्यक्रम निकायकी अक्सना एलेउसेजोभा भन्छिन्, “हाम्रो सरकारको नीति भनेको देशमा धेरै भन्दा धेरै बच्चाहरु जन्म गराउनु हो । त्यसैले पनि सधैँ सबैबीच हाम्रो जनसङ्ख्यालाई ठूलो बनाउनेबारेमा नै कुरा भइरहने गरेको छ ।”

सरकारले ठूलो परिवार प्रोत्साहन गर्नकै लागि यस्तो नीति अपनाएको हो । यसबीच बीबीसीले अन्र्तवार्ता लिएका मध्ये  आठ छोरी र दुई छोराकी एक हिरो आमाले खुसी हुँदै आफ्नो मेडल देखाएकी छन् । गर्भवती महिला र एकल महिलाहरुले समेत सरकारबाट समर्थन र सहयोग पाउने गरेका छन् । 

Global Ime bank

६ बच्चाकी आमा बाकतीगुल हेलीक्बेइभा भन्छिन्, “मैले प्रत्येक महिना १ लाख ४४ हजार टेन्ज अर्थात ३७० डलर प्राप्त गर्ने गरेकी छु र सो रकम हाम्रा लागि पर्याप्त छ । म त्यसैले जीवन धान्ने प्रयास गर्दैथेँ तर आफूले पनि काम गर्छु त्यसैले समग्रमा हाम्रा लागि पर्याप्त छ । मलाई अहिलेसम्म कुनै गुनासो छैन ।” तर चारजना भन्दा कम छोराछोरी हुनेले भने कुनै भत्ता पाउँदैनन् । त्यसैले धेरैले यो नीति दुईजना भन्दा माथिदेखि सुरु गरिनुपर्ने बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  ०४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC