site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
क्यानडामा हुने ‘सिने अवार्ड २०२०’ का लागि चलचित्र दर्ता आह्वान 
Sarbottam CementSarbottam Cement

‘सिने स्टार अवार्ड २०२०’ को लागी चलचित्र दर्ता आह्वान गरिएको छ । क्यानडाको टोरन्टोमा हुने अवार्डको लागि फिल्म दर्ता प्रक्रिया सुरु भैसकेको छ । वर्ष २०७५ भित्र प्रदर्शनमा आएका चलचित्रहरुले यही कात्तिक मसान्तभित्र दर्ता प्रक्रियामा सहभागी हुन सक्नेछन् । ‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गरेर अवार्डको आयोजना गर्न लागिएको आयोजक संस्था हिल्सा इन्टरटेन्मेन्टले जानकारी दिएको छ ।

जनवरी ३१ तारिखमा हुने अवार्डको लागि मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी निर्णायक टिममा सदस्य छन् । टिमले अवार्डको लागि सहभागी हुने फिल्महरुबाट विभिन्न १२ विधामा उत्कृष्ट तीन छनोट गर्नेछ ।
अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सिनेमाटोग्राफी, सम्पादन, संगीत, पार्श्व गायक, पार्श्व गायिका, सहअभिनेता, सहअभिनेत्री प्रतिस्पर्धी विधा समावेश छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मनोनयन सूची मंसिर दोश्रो साता सार्वजनिक गरिने बताइएको छ । प्रतिस्पर्धी विधासँगै नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका एक चलचित्रकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड र निर्णायक टिमको तर्फबाट जुरी अवार्ड समेत प्रदान गरिने छ ।

हिल्सा इन्टरटेनमेन्ट प्रालि नेपालको मुख्य आयोजनामा हुने अवार्ड जीटीए लायन्स क्लब टोरन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुँदैछ । दैनिक १ लाख बढी पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्य मध्येको एक ‘नायग्रा फल्स’मा नेपाली चलचित्र र नेपाली पहिचानलाई पुर्याउने प्रतिवद्धता आयोजकले व्यतm गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC